कालीगढमाथि निश्पक्ष छानबिन माग

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले कास्की प्रहरीले गरेको सुनचाँदी बरामद तथा कालीगढ पक्राउ प्रकरणको निश्पक्ष छानबिन गर्न माग गरेको छ । संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सुनचाँदी व्यवसायको स्वभाविक चक्रलाई अवरोध नगर्न, व्यवसायी र कालीगढले वैधानिक रुपले प्राप्त गरेको सुनचाँदी फिर्ता गर्न तथा अवैध कारोबार निरुत्साहित गर्न पारदर्शी प्रक्रिया अवलम्बन गर्न माग गरेको हो ।
कास्की प्रहरीले शुक्रबार पोखराबाट ठूलो परिमाणमा सुनचाँदी बरामद गरेको थियो भने अवैध कारोबार गरेको भन्दै ११ भारतीय मुलका कालीगढलाई पक्राउ गरेको थियो । संघकी महासचिव शोभा गौतमबाट हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘संघ अवैध कारोबार र व्यवसायलाई निषेध गर्दछ भने संविधानप्रदत्त राज्यबाट इजाजत लिई कानुनसम्मत रुपले गरिएका व्यवसायमाथि यो वा त्यो बहानामा गरिने धरपकडलाई स्वीकार गर्दैन ।’
विज्ञप्तिमा पक्राउ गरिएका कालीगढहरुले यहाँका व्यवसायीसँग ३० औं वर्षदेखि इमान्दारितापूर्वक काम गर्दै आएको उनीहरुको विस्थापनले सुनचाँदी व्यवसाय नै धराशायी हुने जिकिर पनि गरिएको छ । भनिएको छ, ‘ती कालिगढले मासिक तलब पाउँदैनन्, कामबापत् ज्याला र जर्ती प्राप्त गर्ने हो । त्यसमार्फत् भन्ने सुनचाँदी व्यवसायीको जिकिरसँग पोखरा उद्योग वाणिज्य संघ पनि सहमति जनाउँछ ।’
संघले नेपाल र भारतबीचको सम्बन्ध र त्यसमै टेकेर यहाँ पेशा, व्यवसाय गरिरहेका कालिगढमाथिको धरपकडले कूटनीति सम्बन्धमा पार्न सक्ने असरप्रति ध्यान दिन पनि आग्रह गरिएको छ ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया