निरोगी बन्न योग

समाधान संवाददाता २०८२ साउन २७ गते १६:५८

पोखरा ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योगको माध्यमबाट निरोग रहन सकिने बताएका छन् । महिला पतञ्जली योग समिति कास्कीको आयोजनामा सोमबारदेखि सुरु भएको सह–योग शिक्षक तालिम उद्घाटन गर्दै मेयर आचार्यले आफूले पनि समय निकालेर योग गर्ने गरेको उल्लेख गरे ।


उनले योगले शारीरिक र मानसिक तनाव कम गराउन मद्दत गर्ने भएकाले योग कक्षा सञ्चालनका लागि महानगरले सहयोग गर्दै आएको वताए । १० दिनसम्म सञ्चालन हुने उक्त तालिममा १ सयभन्दा बाढीले तालिम लिने अपेक्षा रहेको महिला पतञ्जली योग समिति कास्की अध्यक्ष उर्मिला हिराचनले बताइन् ।


कार्यक्रममा पतञ्जली योग समिति प्रदेश समितिका प्रभारी नरेन्द्रमान लालचनले योगको महत्वबारे प्रकाश पारे । कार्यक्रममा महिला पतञ्जली योग समिति कास्कीकी संगठन मन्त्री (सचिव) लक्ष्मी पुन र प्रदेशका संरक्षक लोकदर्शन कोइरालाले सहजीकरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया