पोखरा २२ मा सचेतना

पोखरा ।
अन्तर्राष्ट्रिय युवा दिवस २०८२ को अवसरमा पोखरा महानगरपालिका वडा नम्बर २२ वडा युवा परिषदको आयोजनामा मंगलबार ‘लागुऔषध तथा मदिरा दुरुपयोग नियन्त्रण र व्यक्तिगत सरसफाइ’ सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा–२२ भुर्तुङस्थित ओखलढाँडा माध्यमिक विद्यालयमा सम्पन्न कार्यक्रममा करिब ६० जना विद्यार्थी तथा युवाहरूको उल्लेखनीय सहभागिता थियो । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष हिमलाल बराल, विशेष अतिथि वडा सदस्य कृष्णकुमारी देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलकाजी गुरुङलगायतका व्यक्तिहरूको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले युवाहरूलाई लागूऔषध र मदिराजस्ता कुलतबाट टाढा रहँदै स्वस्थ जीवनशैली अपनाउन आग्रह गरे । उनले यस्तो सचेतनामूलक गतिविधिले समाजलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । विशेष अतिथि देवकोटाले युवाहरूले आफ्नो क्षमताको सही उपयोग गरी समाजिक रुपान्तरणमा योगदान दिनुपर्नेमा जोड दिइन् ।
प्रशिक्षण सत्रमा नगर युवा परिषदका उपाध्यक्ष सन्तोष न्यौपाने, प्रशिक्षक विकास पहारी र प्रसन्न बरालले क्रमशः ’लागुऔषध दुरुपयोगका जोखिम र निवारण’, ’मदिराको स्वास्थ्य तथा सामाजिक असर’ र ’व्यक्तिगत सरसफाइको महत्त्व’ विषयमा प्रस्तुति दिए । सहभागी विद्यार्थीहरूलाई प्रश्न–उत्तर र अन्तक्र्रिया मार्फत सक्रिय सहभागी बनाइएको थियो ।
कार्यक्रमको सञ्चालन प्रसन्न बरालले गरेका थिए भने समापन सत्रमा विद्यालयका प्राचार्य, स्थानीय अगुवा र वडा युवा परिषदका पदाधिकारीहरूले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया