बानियाँ र भट्टराईको बिदाइ

पोखरा ।
पोखरा १६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माविले सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ र शिक्षक ईन्दु भट्टराईलाई बिदाइ गरेको छ । मंगलबार विद्यालयले लामो समय अध्यापन गरेका दुवै शिक्षकलाई सम्मानसहित बिदाइ गरेको हो ।
अध्यापन कार्यमा ३८ वर्ष बिताएका बानियाँ र भट्टराईले अनिवार्य अवकाश लिएका हुन् । कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले शिक्षकद्वयलाई सम्मान पत्रसहित माला र दोसल्ला ओढाएर सम्मान गरे । वडाध्यक्ष तिमिल्सिनाले समाजलाई सुसंस्कृत र सभ्य बनाउन गुरूहरुले निर्वाह गर्ने भुमिकाको चर्चा गरे ।
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उनीहरुको योगदान अतुलनीय रहेको स्मरण गर्दै शैक्षिक विकासमा विद्यालयले सदैव सहयोग पाउने अपेक्षा जनाए । शिक्षक बानियाँ र भट्टराईल्े ले विद्यालयले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै शिक्षण पेशावाट अवकास पाए पनि बाँचुन्जेल शिक्षा र सामाजिक क्षेत्रमै क्रियाशील रहने वाचा गरे ।
शिक्षक भट्टराईले आधारभूत तहमा नेपाली विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको प्रोत्साहन स्वरुप ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिन् । कोषबाट प्राप्त ब्याजले उत्कृष्ट १ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी लगायतले गुरुलाई पञ्चेबाजा बजाएर सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक महेन्द्रमणि पौडेलले पनि बोलेका थिए ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया