हङकङ बजारमा कुपन योजना, १ लाखसम्मको उपहार

पोखरा ।
पोखरा पृथ्वीचोकमा रहेको हङकङ बजारमा चाडपर्व लक्षित उपहार कुपन योजना संञ्चालन गर्न लागेको छ । ‘तिज, दशैं, तिहार र छठको बहार, पोखरा हङकङ बजारमा पैसै पैसाको उपहार’ भन्ने नारासहित योजना भदौ १ गतेदेखि कात्तिक १० गतेसम्म चल्नेछ ।
योजनाअन्तर्गत प्रथम पुरस्कार एक लाख, द्वितीय पुरस्कार ५० हजार, तृतीय पुरस्कार २५ हजार रुपैयाँ रहेको हङकङ बजार समितिका उपाध्यक्ष रुद्रबहादुर रानाभाटले जानकारी दिए । सान्त्वना पुरस्कार १० हजार रुपैयाँ ४ जनालाई र विशेष भाग्यशाली पुरस्कार ५ हजार रुपैयाँ २८ जनालाई प्रदान गरिनेछ ।
५ सय बराबरको सामान किन्दा एउटा कुपन र १ हजारको सामान किन्दा २ वटा कुपन प्रदान गरिने उनले बताए । उनका अनुसार कार्यक्रमको नतिजा कात्तिक २२ गते घोषणा गरिने छ । उपहार प्राप्त गर्न विजेताले अर्धकट्टी र परिचय खुल्ने कागजातसहित ३० दिनभित्र समितिमा सम्पर्क गर्नुपर्नेछ ।
समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठले कुपन योजना कार्यक्रम व्यवसाय प्रवद्र्धनका लागि प्रभावकारी माध्यम बन्ने बताए । सामान किन्दा उपहार प्रदान गर्दा ग्राहकको आकर्षण बढ्ने साथै ग्राहकलाई बजारसँग जोड्ने उनको भनाइ छ । ‘पृथ्वी राजमार्ग यातायात व्यवसायीलाई १० प्रतिशत छुट व्यवस्था छ । अरु संस्थाहरुसँग पनि सम्झौता गर्ने गर्नेछौं,’ उनले भने ।
गुडलक कम्पनीका संञ्चालक एवं कार्यक्रम संयोजक मिलनप्रसाद तिवारीले उपभोक्तालाई आकर्षित गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए । बजारमा गुणस्तरिय तरकारी पाउने उनले बताए । थप सेवा सुविधा प्रदान गर्ने योजना रहेको उनले सुनाए ।








भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया