क्षेत्री समाज कास्कीको तीज कार्यक्रम

समाधान संवाददाता २०८२ साउन २८ गते १७:१६

पोखरा ।
क्षेत्री समाज कास्कीले हरीतालिका तिजको अवसरमा बुधबार शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रम गरेको छ ।
समाजकी उपाध्यक्ष अर्चना बस्नेतले माइत जान नपाएका चेलीहरु भेला भएर दुखसुख साटासाट गरिएको बताइन् । संस्कृतिको संरक्षण गर्न कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।


संस्कृतिलाई वास्तवै संस्कृति जसरी मनाउनुपर्ने उनले उल्लेख गरिन् । तडकभडक नगरी साधारण र सार्थक तरिकाले मनाउनुपर्ने तथा आफुले सक्ने जती खर्च गनुपर्ने उनको भनाइ छ ।


महिलामाथि हुने विभेदका विरुद्ध तीजमा गीत बनाएर गाउने परम्परा रहेको बताउँदै यसले समाजमा सचेतना फैलाउन महत्वपूर्ण भुमिका रहेको बताइन् । तीजलाई सिर्जनशील तरिकाले मनाउनु पर्ने बताए ।

Advertisement


समाजका अध्यक्ष दिलबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्री महिला समाजका केन्द्रिय अध्यक्ष उर्मिला कार्की, केन्द्रिय सल्लाहकार लक्ष्मी पाण्डे, क्षेत्री समाज गण्डकीका वरिष्ठ उपाध्यक्ष लक्ष्मी अधिकारी, सदस्य उषा वरुवाल, प्रदेश लेखा संयोजक गणेशबहादुर केसी, केन्द्रिय महिला सचिवालय सदस्य दुर्गा बस्नेत, केन्द्रिय सदस्य गीता भण्डारी, माया बराल लगायतको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया