डिएचएन ईन्टरप्राईजेजको ग्रेट रिटेलर मिट

पोखरा ।
मोवाइल सामाग्रीको विक्रेता कम्पनी डिएचएन ईन्टरप्राईजेजले मंगलबार पोखरामा ग्रेट रिटेलर मिट गरेको छ ।
पोखराका मोवाइल तथा त्यसका बिक्रेता पसल सञ्चालकहरुको सहभागितामा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा एम हर्स मोवाइल, केएक्सडी मोवाइल र प्रिमियर एसोसरिजका बारेमा जानकारी दिइएको थियो ।
कार्यक्रममा प्राईड ईम्पोर्ट एक्सपोर्टका सञ्चालक दिनेश श्रेष्ठले पछिल्लो समय एम हर्स, केएक्सडी र प्रिमियरका सामान ग्राहकको रोजाइ पर्दै गएको बताए । यि कम्पनीका प्रतिनिधिहरुसँग सहकार्य गर्दै आगामी दिनमा अझै नयाँनयाँ ब्राण्ड ल्याएर ग्राहक खुसी बनाउने उनको भनाइ थियो ।
नेपाल मोवाईल संघ, गण्डकीका अध्यक्ष देवनारायण श्रेष्ठ, पोखरा ईलेक्ट्रोनिक तथा मोवाईल व्यावसायी संघ, गण्डकीका अध्यक्ष चिन्तामणि खरेललागयतले मोवाइल मानिसको दैनिकीसँग जोडिएकाले कम्पनीहरुले गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।
डिएचएन ईन्टरप्राईजेजका सञ्चालक विनोद केसीले ग्राहकको सन्तुष्टि नै कम्पनीको खुसी भएकाले ग्राहकमैत्री भएर अघि बढ्ने बताए । सोही अवसरमा उनले प्रिमियर एसोसरिजमा उपहार धमाकाको घोषणा गरे । सो धमाका अन्तर्गत मोवाइलका सामान खरिद गर्ने भाग्यशाली ७ जनाले चाईना टुर (बेईजिङ/संघाई) को अवसर पाउनेछन् ।
साथै, प्राईमड ईम्पोर्ट एक्सपोर्टका राष्ट्रिय बजार व्यवस्थापक राजेन्द्र विष्टले मोवाइलका बारेमा व्यवसायीहरुलाई जानकारी गराएका थिए । सोही अवसरमा २० लाखको प्रिमियर एसोसरिज खरिद गरकाले युनिक एसोसरिजका सञ्चालक अमित घिमिरेलाई टिभिएसको स्कुटर पुरस्का दिइएको थियो ।





रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना
१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध
प्रतिभा माविमा विज्ञान प्रदर्शनी
माउन्ट अन्नपूर्णमा स्पोट्र्स मिट
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया