रोपाइँको ‘प्याकेज डिल’: बाँझो खेतमा पैसा फलाउँदै रेशका किसान

गलकोट (बागलुङ) ।
गाउँका खेतबारी बाँझिन थालेपछि बागलुङका किसानले रोपाइँलाई नै व्यावसायिक ठेक्कापट्टाको स्वरूप दिएका छन् । काठेखोला गाउँपालिका–७, रेशका तीन किसानले ‘प्याकेज’मा धान रोप्ने नयाँ काम थालेर बाँझो जमिन हराभरा बनाउँदै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।
गाउँको करिब एक हजार ५०० रोपनी खेतीयोग्य जमिन बाँझिने क्रम बढेपछि गुमबहादुर घर्ती, उनकी श्रीमती देवी र अर्का किसान अमरबहादुर थापाले यो नौलो जुक्ति निकालेका हुन् । उनीहरूले प्रतिरोपनी तीन हजार २६६ रुपैयाँमा खेत रोप्ने ठेक्का लिन्छन् । रकम अग्रिम भुक्तानी भएपछि खेताला खोज्नेदेखि ब्याडबाट बिउ ल्याउनेसम्मका सबै कामको जिम्मा उनीहरूले नै लिन्छन्, जसले गर्दा जग्गाधनीलाई कुनै झन्झट हुँदैन ।रासस
यो नयाँ अवधारणाबाट घर्ती दम्पतीले गत असारमा मात्रै १८९ रोपनी खेतमा रोपाइँ गरेर छ लाख १७ हजार ४०० रुपैयाँ आम्दानी गरे । उनीहरूले आफ्नो समूहमा १० जनालाई रोजगारी पनि दिए । त्यसैगरी, किसान अमरबहादुरले पनि सोही महिना १८६ रोपनी खेत रोपेर छ लाख सात हजार ६०० रुपैयाँ कमाए । उनको समूहमा पनि १० जनाले एक महिनासम्म रोजगारी पाए ।
बाँझो खेतलाई हरियालीमा बदल्ने यो पौरखी अभियानको वडा कार्यालयले पनि सम्मान गरेको छ । बुधबार उनीहरूलाई सम्मान गर्दै वडाध्यक्ष प्रेम लामिछानेले खनजोतमा सघाउन एउटा मिनी टिलर उपहार दिने घोषणा गरे । ‘प्याकेजमा खेत रोप्ने योजना साँच्चै अनुकरणीय छ’, वडाध्यक्ष लामिछानेले भने, ‘यसले जग्गाधनीलाई खेताला खोज्ने, खाना-खाजाको व्यवस्था गर्ने जस्ता झन्झटबाट मुक्त गरेको छ । पैसा दिएपछि खेत रोपिन्छ, यो सबैका लागि सजिलो भयो ।’







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया