किसानलाई बिरुवा वितरण

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले पोखरा महानगर पालिका वडा नम्बर २१ कृष्तिका किसानलाई फलफूलका बिरुवा वितरण गरेको छ ।
समुदाय–साझेदारी कार्यक्रम अन्तर्गत मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको सहकार्यमा निम्न आय भएका ६० किसानलाई ३३ /वटाका दरले अम्बा र कागतीको विरुवा वितरण गरिएको छ । कृष्तिको दोपहरे आमा समूहको भवनमा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका उपाध्यक्ष कुमारी मुना बास्तोलाले ‘प्रकृतिको संरक्षणको लागि वृक्ष रोपण गरौं’ भन्ने नाराका साथ किसानका लागि फलफूलका बिरुवा वितरण गरिएको जानकारी दिइन् ।
कार्यक्रममा मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड बिरौटा शाखाका प्रमुख दुर्गा थापा, सेवा केन्द्रका कार्यसमितिका सदस्यहरु केशवप्रसाद ढकाल, गौरी चालिसे पौडेल लगायतले बोलेका थिए ।
सामुदायिक सेवा केन्द्र पृथ्वीचोकले समुदाय साझेदारी कार्यक्रम अन्तर्गत पैदल यात्री तथा स्थानीय समुदायलाई लक्षित गरेर सडक सुरक्षा, साइबर अपराध, लैगिंक हिंसा, घरेलु हिंसा, यौनजन्य हिंसा तथा दुव्र्यवहार न्यूनीकरणका लागि पर्चा पम्लेट वितरण लगायत सचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
केन्द्रका अध्यक्ष कमलबहादुर श्रेष्ठले ‘विकृति, विसंगति रहित समाजको निर्माण, सामुदायिक सेवा केन्द्रको अभियान’ भन्ने नाराका साथ सेवा केन्द्रले आफ्नो कार्यक्षेत्र रहेको पोखरा महानगरपालिका वडा नम्बर ८, ९, १० र १५ मा समुदाय स्तरमा कार्यक्रम गरेको जनाए ।








बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया