कास्कीमा १२४ मिलिमिटर वर्षा

समाधान संवाददाता २०८२ साउन २९ गते ११:३५
फाइल फोटो

पोखरा ।
मनसुन थप सक्रिय भएसँगै देशभर पानी परिरहेको छ । कास्कीमा पछिल्लो २४ घण्टामा १ सय २४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सबै भन्दाबढि इलामको कन्याममा १४६ मिलिमिटर वर्षा भएको छ ।

विभागका अनुसार झापाको बाहुनडाँगीमा १३५ मिलिमिटर वर्षा भएको छ । झापाको अनारमनीमा १२५ मिलिमिटर, सुनसरीको चतरामा ११२ मिलिमिटर, उदयपुरको गाईघाटमा ११४।४ मिलिमिटर वर्षा भएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेकाले आगामी २४ घण्टा मनसुन नेपालको पूर्वी भू–भागभन्दा पश्चिम नेपालतर्फ बढी सक्रिय रहने जनाएको छ ।

Advertisement

हाल देशभर पूर्णतया बदली रहेको छ । कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया