हिमाली क्षेत्रमा हुन सक्ने विपद् व्यवस्थापन र प्राथमिक उपचार तालिम

पोखरा ।
कर्मफ्लाइट्स फाउन्डेसन नेपालले नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल, मालेपाटनसँग संयुक्त रूपमा २०८२ साउन २७ गते पोखरामा एकदिने पर्वतीय विपद् व्यवस्थापन र प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न गरेको छ । तालिमका लागि सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) कालिका गण पोखराको विपद् व्यवस्थापन टोली, पोखरा महानगरपालिका वडा नम्बर ५ र नेपाल रेडक्रस सोसाइटी, कास्कीले म्यानिकिनसहितको सिपिआर तालिममा सहयोग प्रदान गरेको थियो ।
जम्मा ३५ जना सहभागीमध्ये कर्मफ्लाइट्सका विपद् व्यवस्थापनमा सक्रिय स्टाफहरू, बोर्डका सदस्य, प्याराग्लाइडिङ पाइलटहरू, कर्मट्रेक्ससँग आबद्ध गाइडहरू, र एपीएफ अस्पतालका अग्रपंक्तिका सुरक्षाकर्मीहरू सक्रिय रूपमा संलग्न भएका थिए । कार्यक्रमको अध्यक्षता तथा प्रमुख प्रशिक्षकमध्ये एक नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल, पोखराका इन्स्पेक्टर डा. अकार्शा श्रेष्ठ र उनको पारामेडिक टोलीले एक्युट माउन्टेन सिक्नेस (एएमएस) (लेक लाग्ने), प्राथमिक उपचार साथै सिपिआर सम्बन्धी प्रशिक्षण र एपीएफ विपद् व्यवस्थापन, गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक इन्स्पेक्टर विजय पौडेल र उनको टोलीले उच्च हिमाली क्षेत्रमा विपद् व्यवस्थापन, डोरीको प्रयोग र पर्वतीय उद्धारसम्बन्धी व्यावहारिक सत्र सञ्चालन गरेका थिए ।
उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले ‘यस्ता तालिमहरूले हामीलाई आकस्मिक विपद् आउँदा तयार बनाउँछन् र जीवन बचाउन मद्दत गर्छन् । गाइड र अग्रपंक्तिमा काम गर्नेहरू प्रायः डाक्टर नभएका दुर्गम क्षेत्रमा पहिलो उद्धारकर्ता हुने भएकाले उनीहरू दक्ष र सक्षम हुनु आवश्यक छ’ भने ।
संस्थाका स्वास्थ्य संयोजक तथा तालिम संयोजक कृष्णप्रसाद पाण्डेले संस्थाले विगत १५ वर्षदेखि विपद् उद्धार, राहत, पुनःस्थापना र सामाजिक विकासमार्फत जीवन सामान्यीकरण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको, साथै विभिन्न सरकारी निकाय र स्थानीय तहसँग सहकार्य र साझेदारी गर्दै मानव कल्याणका कामहरू गर्दै आएको जानकारी दिए । उनले हाल नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पतालका इन्चार्ज डा. अकार्शाको सक्रियतामा यो विपद् व्यवस्थापन तालिम सफल भएको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य शिविर र यस्ता तालिमहरू गर्न साझेदारीका लागि अपिल गरे ।
तालिमका क्रममा सहभागीहरूलाई पर्वतीय जोखिमहरू तथा विपद् जोखिमबारे सचेतना दिलाइएको थियो । मौसम परिवर्तन, हिमपहिरो, पहिरो, नदी पार गर्ने तरिका, र उच्च हिमाली क्षेत्रका विभिन्न उचाइका असरहरूबारे विस्तृत जानकारी दिइयो । साथै, खोज तथा उद्धारका आधारभूत सीपहरू, आपतकालीन डोरीको प्रयोग, जमिनबाट आकाशमा दिने संकेतहरू (एसओएस, भी, एक्स), आकस्मिक उद्धार, स्ट्रेचर बिना घाइते बोक्ने तरिका, डन्डी वा अन्य सामग्री प्रयोग गरेर अस्थायी स्ट्रेचर बनाउने विधि, र उद्धार निकायसँग समन्वय गर्ने तरिकामा पनि व्यावहारिक प्रशिक्षण दिइएको संस्थाका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले जानकारी दिए ।
प्रशिक्षक इन्स्पेक्टर पौडेलले भने, ‘सधैँ जोडीमा काम गर्न, तयारीसहित स्रोतसाधन लिएर हिँड्न, सानो घटनालाई पनि गम्भीर रूपले लिन र सधैँ सतर्क रहन सुझाए ।’ डा. अकार्शाका अनुसार, यी सबै अभ्यासहरूले सहभागीहरूलाई विपद् परिस्थितिमा तुरुन्त पहलकदमी लिन सक्षम बनाएको विश्वास व्यक्त गरिन् ।
तालिमपछि आफ्नो अनुभव बाँड्दै गाइड र पाइलटहरूले तालिम निकै उपयोगी र सोचेभन्दा पनि धेरै राम्रो भएको र अब पर्वतीय पदयात्रा क्षेत्रमा अझै दक्ष गाइड र उद्धारकर्ता बन्न सीप सिकाएकोमा संस्थाप्रति आभार प्रकट गरे ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया