भलिबलको बचतबाट विद्यालयलाई सहयोग

पोखरा ।
पोखरा १३ आर्वास्थित प्रथम अमलाचौर चापडाँडा भेट्रान्स खुला भलिबल प्रतियोगिताबाट बचत भएको रकम शैक्षिक तथा स्वास्थ्यका क्षेत्रमा सहयोग गरिएको छ । २०८० फागुन २९ गतेदेखि चैत २ गतेसम्म आर्वामा सञ्चालन गरिएको भलिबल प्रतियोगिताबाट बचेको रकम स्थानीय १३ नम्बर वडाका तीन सामुदायिक विद्यालयलाई प्रदान गरिएको हो ।
आर्वा विजय माविलाई नगद १५ हजार, अमरज्योति आधारभूत विद्यालयलाई नगद १५ हजार तथा सात हजार पाँच सय रुपैयाँ बराबरको शैक्षिक सामग्री, तथा सिमला आधारभूत विद्यालयलाई नगद १० हजार रुपैयाँ प्रदान गरिएको आर्थिक संयोजक रामप्रसाद बरालले जानकारी दिए । यो रकम विद्यालयको शैक्षिक तथा स्वास्थ्यको क्षेत्रमा खर्च गरिनेछ ।
अमलाचौर चापडाँडा टोल विकास संस्था तथा स्थानीय सक्रिय सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सात जना युवाले यो प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराएका थिए । प्रतियोगिताको कार्यक्रम संयोजकमा देवेन्द्र परियार, सुरज अधिकारी र शम्भु सिग्देल, खेल संयोजकमा अमृत परियार र श्रीराम अधिकारी तथा आर्थिक संयोजकमा रामप्रसाद बराल र लक्ष्मणप्रसाद बराल रहेका थिए ।
१० टिमले भाग लिएको सो प्रतियोगिता चैते दसैंको अवसरमा आयोजना गरिएको थियो । पहिलो पटक आर्वामा यस प्रकारको प्रतियोगिता आयोजनाले स्थानीयमा निकै खुसी छाएको थियो भने आयोजक सात जना युवा अत्यन्तै उत्साही थिए ।
प्रतियोगिताका लागि विभिन्न सहयोगी संघसंस्था तथा खेलप्रेमी महानुभावको सहयोगले दुई लाख ७७ हजार ५ सय ९१ रुपैयाँ संकलन गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्दा खर्च दुई लाख १७ हजार ५ रुपैयाँ खर्च भएको थियो । प्रतियोगिताबाट सात सय ५० ब्याजसहित कुल ६१ हजार ३ सय ३६ रुपैयाँ बचत भएको हो । बचत रकम स्थानीय तीन विद्यालयलाई सहयोग गरिएको आर्थिक संयोजक लक्ष्मणप्रसाद बरालले बताए । उनका अनुसार अब १३ हजार ८ सय ३६ रुपैयाँ बचत छ ।
स्थानीय स्तरमा कुनै सरकारी निकायको मुख नताकी सौहार्दपूर्ण र स्वतःस्फूर्त रुपमा सात युवाले देखाएको यो खेलकुद र सामाजिक क्षेत्रप्रतिको लगावलाई आम आर्वालीले निकै सराहनीय रूपमा हेरेका छन् ।
प्रतियोगितामा आयोजकको शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा लगानी गर्ने बाचा पूरा गरेको तथा आर्थिक पारदर्शिता र अर्थ व्यवस्थापनलाई समयमै अनुशासित ढंगबाट सार्वजनिक गरिएको प्रति पनि सबैले धन्यवाद दिएका छन् ।







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया