विदेशी गार्मेन्ट बेच्दै मेट्रो ग्रुप

समाधान संवाददाता २०८२ साउन ३० गते ९:४३

पोखरा ।
पोखरामा मेट्रो गुप्र प्रालि सुरुआत गरिएको छ । चीन, थाइल्यान्ड, बंगलादेश लगायतका मुलुकबाट ‘लेडिज एण्ड जेन्ट्स’का अन्डर गार्मेन्ट्सका सामग्री आयात गरी पोखरामा होलसेल बिक्री वितरण गर्ने उद्देश्यले ग्रुपको स्थापना गरिएको हो ।


ग्रुपको आज पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले उद्घाटन गरे । पोखराका व्यवसायिक क्षेत्रमा स्थापित १७ व्यवसायी मिलेर ग्रुप स्थापना गरेका हुन् । चीनबाट पोखरामा सिधै सामानहरु आयात गर्ने र काठमाडौँको परनिर्भरता हट्ने मेट्रो ग्रुपका अध्यक्ष यादवराज पोखरेलले बताए ।


उनले एकल व्यवसायमा स्थापित व्यवसायीले खोलेको संस्था भएकाले मेट्रो ग्रुपको साझेदारी व्यवसाय समेत सफल हुने विश्वास व्यक्त गरे । मेट्रो ग्रुपका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक नवराज त्रिपाठीले १ वर्षअघिको अवधारणा अहिले साकार भएको बताउँदै कम्पनीले अहिले चीनबाट सिधै सामान आयात सुरु गरेको सुनाए ।

Advertisement


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीले भूकम्पछि मन्दीमा गएको व्यवसाय कसरी माथि उठाउने भन्ने चूनौती रहेको बताए । कार्कीले व्यवसाय चलायमान नभएको अहिलेको अवस्थामा मेट्रो ग्रुपका लागि अवसरसमेत बन्न सक्ने जनाए ।


पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले महेन्द्रपुल तथा चिप्लेढुुंगा क्षेत्रको फुटपाथको समस्या समाधान गरिएको बताउँदै व्यवसायीमा उत्साह जगाउनका लागि स्थानीय सरकारले काम गरिरहेको बताए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष पवनकुमार प्रजापति, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला, पोखरा उद्योग वाणिज्य संघ वस्तुगत संघका संयोजक पृथ्वीराज तिमिल्सिना, उद्योग व्यवसायी महासंघ गण्डकीका अध्यक्ष बबरजंग गुरुङ, कपडा व्यवसायी एसोसिएसन कास्की अध्यक्ष लेखनाथ पौडेल, ग्रुपका सचिव लेखनाथ सुवेदी, संस्थाका सेयर सदस्य अर्जन पोखरेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया