पोखरामा भोली ‘हिमालयन ग्रुभ समर’ हुने

समाधान संवाददाता २०८२ साउन ३० गते १५:०८

पोखरा ।
पोखरामा शनिबार ‘हिमालयन ग्रुभ समर ग्राण्ड’ हुने भएको छ । आइडिया इभेन्टस् काठमाडौंको आयोजना र ‘न्युड’को सहयोगमा कार्यक्रम हुन लागेको हो ।


कार्यक्रमको प्रचारका लागि शुक्रबार र्‍याली निकालिएको छ । र्‍याली नयाँबजारबाट सुरु भइ लामाचौर हुँदै पर्यास्याङबाट चिप्लेढुंगा, हल्लनचोक, सेदी पामेबाट विरौटास्थित पोखरा ग्राण्ड होटलमा आएर टुंगिएको थियो ।


धनगढी र नेपालजञ्जमा कार्यक्रम भइसकेको छ भने यसपछि चितवन र काठमाडौंमा हुनेछ । कार्यक्रममा लिंगेरी फेसन सो, पुल पार्टी, र्‍यापर जेम्सीको सांगितीक प्रस्तुती रहने कार्यक्रम संयोजक एवं रुम्बा इन्टरटेन्टमेन्टका प्रमुख सन्तोष लामा रुम्बाले जानकारी दिए ।

Advertisement


पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ । युवाहरु घरभित्र सीमित हुने प्रवृत्ति बढेकाले कार्यक्रमले उनीहरुलाई बाहिर निस्केर खुला वातावरणमा रमाइलो गर्न प्रेरित गर्ने उनको विश्वास छ ।


‘युवाहरु आपसमा घुलमिल भएर नयाँ अनुभव लिनुपर्छ, त्यसले सामाजिक सम्बन्ध विस्तार गर्छ साथै सांस्कृतिक र मनोरञ्जनात्मक वातावरणको विकास हुन्छ,’ उनले भने । कार्यक्रमले युवालाई फरक अनुभव दिने तथा अन्तरक्रिया, सकारात्मक सोचको विकास गराउने उनको भनाइ छ ।

Advertisement


कार्यक्रममा २ हजार जनाको सहभागिता रहने आयोजको अनुमान छ भने, कार्यक्रम प्रवेश शुल्क १ हजार र १५ सय रुपैयाँ तोकिएको छ । कार्यक्रम २ बजे देखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया