पोखरामा बीवाईडीको सोरुम उद्घाटन, सिलायन–७ एसयूभी लञ्च

समाधान संवाददाता २०८२ साउन ३० गते १७:०३

पोखरा ।
पोखराको बुद्धचोकमा बीवाईडीको नयाँ सोरुम सञ्चालनमा आएको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले विद्युतीय एसयूभी ‘सिलायन–७’ पोखरामा पहिलोपटक लञ्च गरेको हो । मेयर धनराज आचार्यले उद्घाटन गरेका हुन् ।

पोखरेली उपभोक्ताले अब पोखराबाटै सिलायन–७ सहित बीवाईडीका सम्पूर्ण मोडेल खरिद गर्न सक्ने कम्पनीका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । उनका अनुसार सिलायन–७ अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च सुरक्षासहित बजारमा आएको छ ।


आधुनिक र फ्यूचरिस्टिक डिजाइनमा बनेको यस मोडेलमा क्लोज्ड अफ ग्रिल, एग्रेसिभ कट र क्रिज लाइनसहितको फ्रन्ट बम्पर, १९ इञ्चको ड्युअल टोन अलोय ह्विल, फ्लस टाइप डोर ह्यान्डल र ब्ल्याक रग्ड क्लेडिङ जस्ता विशेषता छन् ।

Advertisement


यसमा ५८ लिटरको फ्रन्ट ट्रंक र ५२० लिटरको बुट स्पेस रहेको छ, जसलाई पछाडिको सिट फोल्ड गरेर विस्तार गर्न सकिन्छ । इन्टेरियरतर्फ १५.६ इञ्चको रोटेबल टचस्क्रिन, १०.२५ इञ्चको डिजिटल ड्राइभर डिस्प्ले, १२ स्पिकर साउन्ड सिस्टम, प्यानोरोमिक सनरुफ, हेड–अप डिस्प्ले, हिटिङ र भेन्टिलेसनसहितको सिट, ५० वाट वायरलेस चार्जर, पावर्ड टेलगेट र कनेक्टेड कार टेक जस्ता फिचरहरू रहेका छन् ।


बजार व्यवस्थापक आशुतोष गौतमका अनुसार यसमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट तथा रियर पार्किङ सेन्सरलगायतका सुरक्षा फिचर छन् ।

Advertisement

सिलायन–७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको भए पनि कम्पनीले अर्ली बर्ड अफरअन्तर्गत हाल ७२ लाख ९९ हजार रुपैयाँमा बिक्री गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया