अनेरास्ववियु गण्डकीले जिल्लागत अधिवेशन भदौभित्र सक्ने निर्देशन

समाधान संवाददाता २०८२ साउन ३१ गते २०:०३

पोखरा ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकी प्रदेशको विस्तारित बैठकले भदौ महिनाभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय निर्देशन दिएको छ ।


शनिबार पोखरामा बसेको बैठकले केन्द्रको सर्कुलरअनुसार मातहतका सबै जिल्लागत कमिटीलाई अधिवेशन सक्न निर्देशन दिएको हो । बैठकपछि जानकारी दिँदै गण्डकी प्रदेश कमिटीका संयोजक सुशन घिमिरेले भने, ‘केन्द्रले गरेको सर्कुलरलाई कार्यान्वयन गर्न मातहत कमिटीलाई निर्देशन गर्ने, भदौभित्र अधिवेशन सम्पन्न गर्ने र अहिले देखिएका अन्तर्विरोधलाई संवाद र छलफलमार्फत समाधान गर्ने निर्णय गरिएको छ ।’


बैठकले खेलकुदमार्फत विद्यार्थीबीचको एकता र सक्रियता बढाउने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गर्ने पनि निर्णय गरेको छ । विस्तारित बैठकमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा. सुजन कडरिया पनि उपस्थित थिए ।

Advertisement

तपाईको प्रतिक्रिया