पोखरा लर्नसमा अन्तक्र्रिया

समाधान संवाददाता २०८२ भदौ १ गते ११:२४

पोखरा ।
पठन संस्कृतिलाई बढाउने उद्देश्यले पोखरा लर्नस एकेडेमीले हरेक शुक्रबार पुस्तकमाथि अन्तक्र्रिया गरेको छ । बेस्ट गुड फ्राइडे मनाउने अभियानमा विद्यार्थीलाई पढौं, बाँडौं, प्रेरणा जगाऔं भन्ने अभिप्रायले प्रत्येक किताबमा एउटा कथा नाम दिएर कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई अभियानमा जोडेको हो ।


शुक्रबारको कार्यक्रममा पर्यटन प्राध्यापक दीपेन्द्र पहारीले आफैंले लेखेको केही थान पुस्तक विद्यालयलाई हस्तान्तरण गरे । उनले विद्यालयका गतिविधि निकै रचनात्मक रहेको बताए । मोबाइलमा व्यस्त रहने पछिल्लो पुस्ताको दैनिकीमा पुस्तक अध्ययन गर्दा हुने फाइदा र बोल्ने कलाको विकासले विद्यार्थी र अभिभावकलाई फाइदा पुग्ने धारणा उनले राखेका थिए ।


शिक्षक अजिता घिमिरेले सञ्चालन गरेको कार्यक्रममा ६० विद्यार्थीले भिन्न भिन्न पुस्तकको चर्चा गरेका थिए । कार्यक्रमका सभापति विद्यालयका प्राचार्य विधान गौतमले किताब पढ्दा नयाँ ठाउँ, विचार र भावना पैदा हुने भएकाले यसलाई निरन्तरता दिन विद्यार्थीलाई आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया