गैरसरकारी संस्था महासंघ रणनीति बनाउँदै

पोखरा ।
रणनीति, नीति तथा मार्ग निर्देशन निर्माणका क्रममा गैरसरकारी संस्था महासंघ (गैसस महासंघ) नेपालले गण्डकी प्रदेश स्तरीय अभिमुखीकरण गरेको छ । गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराईले संस्थाको सवलीकरण सुदृढीकरणका लागि रणनीतिक नीति निर्माण गर्न लागेको बताए ।
उनले आन्तरिक संगठनको सुदृढीकरणका लागि प्राथमिकता क्षेत्र निर्धारण गरेर महासंघलाई गैरराजनीतिक समतामूलक र सहयोगी छाता संगठन निर्माण गर्ने जनाए । ‘महासंघको रणनीति, नीति तथा मार्ग निर्देशन बनाएर पारदर्शी, जवाफदेही संस्थाको रुपमा स्थापित गर्ने योजना छ,’ उनले भने, ‘सशक्त सचिवालय, डिजिटल उत्कृष्टता र प्रभावका अलवा दिगो वित्तीय व्यवहारिकतामा जोड दिइनेछ ।’
उनले सदस्य प्रणालीमा सुधार, नेतृत्वमा समावेशिता र सदस्य संस्थाको वर्गीकरण गर्ने योजना सुनाए । अध्यक्ष भट्टराईले वातावरणमैत्री कागजरहित कार्य प्रणालीका अलवा एआई डिजिटल प्रविधिको जिम्मेवार र नैतिक प्रयोगमा ध्यान दिने जानकारी दिए ।
गैरसरकारी संस्था महासंघ नेपालका निवर्तमा केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले प्रमुख दलहरुको सरकार बनेको अवस्थामा राम्रो भूमिका खेल्न सके सामाजिक संघ, संस्थासम्बन्धी ऐन ल्याउन सकिने बताए । सामाजिक संघ, संस्थासँगको सरकारको साझेदारीसम्बन्धी कार्यविधि ल्याउनको लागि महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै त्यस्तो कार्यविधि ल्याउन सके ७ सय ५३ स्थानीय तहमा १ हजार ५ सय संघ, संस्थाले साझेदारीको रुपमा काम गर्न सक्ने तर्क गरे ।
सदस्यमा आधारित संगठन भएकाले ७७ जिल्लाका सामाजिक संघ, संस्थालाई जीवित राख्नुपर्ने चर्चा गर्दै उनले युवा क्लब, आमा समूह, टोल विकास संस्था आधार स्तम्भ भएकाले तिनीहरुलाई बलियो बनाउन पर्ने विचार राखे ।
उनले महासंघको भावी कार्यदिशामा संविधानमा व्यवस्था भएका मौलिक हकको कार्यान्वयनमा सशक्त संयन्त्र निर्माणमा ध्यान दिनुपर्ने बताए । उनले रणनीति, नीति र मार्ग निर्देशनलाई पुस्तकको आकार दिएर जिल्ला जिल्लामा पुर्याउन सुझाव दिए ।
कार्यक्रममा गैसस महासंघ नेपाल गण्डकी अध्यक्ष गोपाल खड्का, उपाध्यक्ष पदमराज पहारी, सचिव शिव शर्मा लगायतले सामाजिक संघ, संस्थाका गतिविधिबारे बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया