हाजिरीजवाफमा जनप्रिय मावि पहिलो

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको जुनियर तथा युवा समितिले कास्की जिल्ला स्तरीय हाजिरी जवाफप्रतियोगिता गरेको छ । नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल मदरल्यान्ड माविको व्यवस्थापनमा भएको प्रतियोगितामा जनप्रिय मावि पहिलो भएको छ ।
कास्कीका ५ पालिकाका ३२ जुनियर सर्कलले प्रतिस्पर्धा गरेको प्रतियोगितामा बिन्ध्यबासिनी मावि बाटुलेचौर दोस्रो, वेस्ट पोइन्ट एकेडेमी तेस्रो र रेन्बो होम्स एकेडेमीले सान्त्वना पुरस्कार जितेका छन् । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने सर्कललाई क्रमशः १० हजार, ७ हजार, ५ हजार, ३ हजार नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले विजेता सर्कललाई नगद र ट्रफी प्रदान गरे । उनले रेडक्रस अभियानले विद्यालयदेखि असल संस्कार र सेवाको भावना सिकाउने प्रयास गरेको उल्लेख गरे ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले हराई रहेको निश्पक्षता, मानवता र तटस्थतालाई रेडक्रस अभियानले पुनजीर्वित गरेको बताए । उनले रेडक्रस अभियानले युवालाई संगठित गरी समाजसेवामा लगाएको चर्चा गरे ।
नेपाल रेडक्रस सोसाइटी कास्की सभापति उर्मिला खड्काले जुनियर तथा युवा सर्कलको गतिविधि रेडक्रस अभियानको महत्वपूर्ण पक्ष भएको जानकारी दिइन् । उनले प्रतियोगिताले सर्कलका सदस्यको ज्ञान, सीप र क्षमतालाई परिस्कृत र परिमार्जन गर्न सहयोग पुगेको बताइन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, रेडक्रस कास्कीका उपमन्त्री तथा जुनियर तथा युवा सर्कलका संयोजक डिल्लीराम बराल, जिल्ला समितिका सदस्य श्रीकान्त पौडेल, मदरल्यान्ड माविका संस्थापक निर्देशक तथा संरक्षक डा त्रिभुवन शर्मा, शिक्षक नायक रोशन थापा, नेपाल जुनियर रेडक्रस सर्कलका अध्यक्ष संस्कृति अधिकारी लगायतले बोलेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया