तायाःमचा प्रतियोगितामा पुरुषतर्फ गैहापाटन र महिलातर्फ भण्डारढीक प्रथम

समाधान संवाददाता २०८२ भदौ १ गते १४:०६

लेखनाथ ।

नेवाः खल कास्कीको आह्वानमा र शिशुवा नेवाः खलको आयोजनामा जिल्ला स्तरीय २६ औं तायाःमचा नृत्य प्रतियोगिता भएको छ ।

सांस्कृतिको संरक्षण, स्थानीय मौलिक परम्पराको प्रवर्द्धन र भावी पुस्तालाई सिप हस्तान्तरण गर्ने उद्देश्यले गरिएकाे प्रतियोगिता खरा ३० को शिशुवा चोकमा भएको हो ।

Advertisement

प्रतियोगिताबाट नेवार समुदायको मौलिक संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गाईजात्रालाई नेवारी समुदायले अनुकुल समयमा आफ्नो मौलीक संस्कृती जोगाउने हिसावले ताया मचा आयाेजना गर्दा युवा पुस्तामा कला र संस्कृती हस्तान्तरण हुने बताए ।

प्रमुख आचार्यले विकासका काममा स्थानीय स्तरबाट हुने गरेका अवरोधले विकास निर्माणका काम नै प्रभावीत हुने गरेको प्रंशग उठाउँदै तालचोक वेगनासतालको वाटो नक्साकै आधारमा निर्माण भएकाले कोही कसैको जग्गा यता उता पर्‍यो भनेर योजना नै प्रभावीत हुने गरि अवरोध नगर्न आग्रह गरेका थिए ।

Advertisement

प्रतियोगिताका मुल संयोजक अर्जुनकुमार ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्वर ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, रुपा गाउपालिकाका अध्यक्ष नवराज ओझा, नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे र नेवा खल लेखनाथका अध्यक्ष भैरवलाल श्रेष्ठ लगायतले नेवाः संस्कृतिले समुदायिक एकता र पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्दै तायाः मचा नेवारी समुदायको मात्र पर्व नभइ सवै जात जातीको मौलीक सस्कृती र नेपालको पहिचान भएको बताए।

प्रतियोगितामा ३५ टिमको सहभागिता थियो । प्रतियोगितामा पुरुषतर्फ गैहपाटन ताया मचा समिति पोखरा ४ प्रथम भएको छ भने द्धितियमा सरस्वती ताया मचा समिति तेस्रापट्टि पोखरा ३ , तृतियमा शिहनाथ ताया मचा मोहोरीया पोखरा २ र सान्तवना भिमसेन टोल ताया मचा पोखरा २ भएको छ ।

महिलातर्फको भण्डारढीक नेवाःखल पोखरा २९ प्रथम, राजाकोचौतारा नेवाः खल पोखरा ३२द्धितिय, लामाचौर ताया मचा समिति पोखरा १९ तेस्राे र नदिपुर ताया मचा समिति पोखरा ३ सान्तवना भएको नवाः खल कास्कीका उपाध्यक्ष प्रकाशलाल श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुने समुहले एक लाख ११ हजार एक सय ११, द्धितीयले ७७ हजार सात सय ७७, तृतीयले ५५ हजार पाँच सय ५५ र सान्तोनाले २५ हजार ५ सय २५ नगद सहित आकर्षक पुरस्कार प्राप्त गर्ने छन् भने महिलातर्फको प्रतियोगितामा प्रथमलाई ४० हजार,द्धितियलाई ३०हजार,तृतियलाई २५ हजार र सान्तोनालाई २० हजार सहित सहभागी टिमलाई १५/१५ हजार प्रदान गरिएको थियो ।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्यालले नेवारी समुदाय कला र संस्कृतीमा धनी भएकाले यस प्रकारको संस्कृतीको संरक्षण गर्ने दायित्व राज्यको हुनु पर्नेमा जोड दिए ।

नेवार समुदायको मौलिक संस्कृति पहिचान र परम्परागत मनाइने ताया मचा नृत्य प्रतियोगितालाई थप व्यवस्थित बनाउँदै सांस्कृतिक उत्सवका रुपमा विकास गराउनु पर्ने उद्देश्य लिइएको छ । २५० वर्ष पुरानो इतिहास बोकेको गाईजात्रा पर्वले सामाजिक रुपमा सदभाव, माया प्रेम र भाईचारको सन्देश प्रवाह गरेको र समाजलाइ एक सुत्रमा वाध्न सफल विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया