क्षेत्री समाज पोखरा ५ द्वारा तीजको शुभकामना
समाधान संवाददाता
२०८२ भदौ १ गते १४:३४

पोखरा ।
क्षेत्री समाज नेपाल पोखरा ५ ले आइतबार तीजको अवसरमा भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
समाजका अध्यक्ष प्रेमबहादुर खत्रीको अध्यक्षतामा कार्यक्रममा वडा नम्बर ५ का निवर्तमान अध्यक्ष केशवबहादुर बराल, पोखरा वल्र्ड स्कुलका प्रधानाध्यापक मिलक केसी, कालिका थापा लगायले बोलेका थिए । कार्यक्रम सञ्चालन लोककुमारी क्षेत्रीले गरेकी थिइन् ।
बरालले परम्परा जोगाउनुपर्ने बताउँदै मौलिक संस्कृति र पहिचानलाई जोगाउन सबैले ध्यान दिनुपर्ने बताए । उनले मौलिक पोसाकको महत्वका बारेमा उल्लेख गर्दै मौलिक पोसाकले धनी गरिब भनेर नछुट्याउने सबैलाई समान देखाउने र एउटै पहिचानमा बाध्ने बताए ।
‘तीज परिवार, समाज र संस्कतिलाई जोड्ने पर्व हो । तीजलाई मौलिक तरिकाले मनाउनुपर्छ । यसको धार्मिक र सांस्कृतिक महत्व बुझ्नुपर्छ,’ उनले भने ।

सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया