अन्नपूर्ण गाउँपालिका कार्यपालिका सदस्य चतुर्मान विकको निधन

पोखरा ।
अन्नपूर्ण गाउँपालिका कार्यपालिका सदस्य तथा लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहेका चतुर्मान विकको निधन भएको छ ।
उत्पीडित समुदाय र मजदुर क्षेत्रबाट वामपन्थी आन्दोलनमा सक्रिय रहेका विकले आफ्नो जीवन पार्टी, समाज र वर्गीय हितको लागि समर्पित थिए । फेसबुकमा कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले भावुक हुँदै स्टाटस लेखेका छन्, ‘कमरेड चतुर्मान विकसँग धेरै काम गर्ने बाँकी थियो तर स्वास्थ्य र समयले अनुमति दिएन ।’
विकको निधनले पार्टीमा मात्र होइन, गण्डकी प्रदेशको राजनीतिक क्षेत्रमा पनि ठूलो क्षति भएको भन्दै पार्टी नेताहरूले दुःख व्यक्त गरेका छन् ।
पार्टी भित्र भूमिगत जीवनदेखि सक्रिय भएर काम गरेका विकको निधनले गण्डकी प्रदेशको वाम आन्दोलनले एक प्रतिबद्ध, इमानदार र श्रमिक–उत्पीडित समुदायका आवाज उठाउने योद्धा गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ । विकले पार्टीमा २०४१ सालतिरै अध्ययन कक्षामार्फत भूमिगत गतिविधिमा संलग्न हुँदै प्रवेश गरेका थिए । त्यसपछि उनले पार्टी सदस्यता ग्रहण गरी शपथ लिएका थिए । विकले पार्टीका पूर्व इलाका कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै प्रदेश सल्लाहकार परिषद्मा समेत नेतृत्व सम्हालेका थिए ।
।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया