गण्डकीका प्रदेश प्रमुख भट्ट जन्मस्थल जोरायलमा

डोटी ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आफ्नो जन्मस्थल सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, जोरायल गाउँपालिका पुगेका छन् ।
भगवान श्रीकृष्णको जन्मदिनको अवसरमा गाउँपालिका कार्यालयले ऐतिहासिक धार्मिकस्थल कृष्ण पादुकमा प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको अध्यात्मिक दर्शन तथा आशीर्वाद कार्यक्रम आयोजना गरेकोमा प्रदेश प्रमुख भट्ट र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ सहभागी भएका हुन् ।
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा, उपाध्यक्ष जमुना बोहरा लगायत पालिकाका जनप्रतिनिधिले जोरायललाई पर्यटकीय स्थल बनाउन जगतगुरुको उपस्थितिमा यस ठाउँको इतिहासमा महिमा हुने गरी गरेको प्रयत्न सराहनीय रहेको प्रदेश प्रमुखद्वयले बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य शिवसिंह ओली पनि सहभागी थिए ।
गण्डकीका प्रदेश प्रमुख भट्टले कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरु रहेको उल्लेख गर्दै सांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्त्व राख्ने उल्लेख गरे ।
उनले भने – ‘हिन्दुहरुको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्त्वपूर्ण छ, जसलाई आजकै दिन विशेष रूपले स्मरण गरिन्छ।’
श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरुमा आपसी सद्भाव, करुणा र मैत्रीभावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना पनि उनले व्यक्त गरे ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया