भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह प्रथम

पोखरा ।
राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवं राधाकृष्ण मन्दिर शान्ति आश्रमको सहआयोजनामा लामेआहालमा आज सम्पन्न दसौं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवं भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्डकी–२ कोत्रे प्रथम भएको छ ।
राधाकृष्ण मन्दिर शान्ति आश्रमको परिसरमा गरिएको प्रतियोगितामा भद्रकाली खैजरी भजन समूह, गजुरी–२ धादिङ द्वितीय, मातृकेश्वर एकता भजन समूह, पोखरा–२५ हेमजा तृतीय र शिशुवा सत्संग भजन समूह, शिशुवा सान्त्वना भएका छन् ।
प्रतियोगितामा उत्कृष्ट भेषभूषातर्फ राधाकृष्ण गुरुकुल विद्यालय पुरस्कृत भएको छ भने उत्कृष्ट वाद्यवादनतर्फ तल्लीपोखरी भजन समूह, शुक्लागण्डकी–१ थप्रेक पुरस्कृत बनेको छ । प्रतियोगितामा कुल १२ वटा समूह सहभागी भएका थिए ।
प्रतियोगिताका विजयीहरू प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट भेषभूषा र उत्कृष्ट वाद्यवादन स्वरूप पाँच–पाँच हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा प्राडा कुसुमाकर न्यौपाने, भुलाप्रसाद भण्डारी र भरतचन्द्र गौतम रहेका थिए ।
कार्यक्रममा गन्धर्व समाज र गगन नेवा खलले अप्रतियोगितात्मक झाँकी प्रस्तुत गरेका थिए । संस्थाका तर्फबाट उत्कृष्ट कार्यबापत ज्येष्ठ नागरिक अग्नीप्रसाद भण्डारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले हाम्रा प्राचीन मौलिक संस्कृति जोगाउनु आवश्यक भएको बताउँदै त्यसका लागि वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्जयराज ढकालले हाम्रा संस्कृतिको मौलिकता जोगाउनकै लागि विगत १० वर्षयता महोत्सवसँगै प्रतियोगिता गरिँदै आएको बताउँदै यसका लागि सबैको साथ र सहयोग आवश्यक भएको बताए ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले हाम्रा संस्कार संस्कृति जोगाउँदै भावी पुस्तामा पु¥याउनुपर्नेमा जोड दिए । समूहका अध्यक्ष ढकालको सभापतित्व एवं सहसचिव भरत थापा र सदस्य विनोद भण्डारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत राधाकृष्ण मन्दिर शान्ति आश्रमका सहअध्यक्ष गणेश खत्रीले गरेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया