पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डेभिड श्रेष्ठ डीन नियुक्त

समाधान संवाददाता २०८२ भदौ १ गते १९:२७

पोखरा ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले डीन नियुक्त गरेको छ । प्रतिष्ठानका उपकुलपति प्रा.डा. भरत बहादुर खत्रीले सह–प्रा.डा. डेभिड श्रेष्ठलाई डीनमा नियुक्त गरेका हुन् ।


उपकुलपति खत्रीले २०८२ साल भदौ १ गतेको निर्णयमार्फत डा. श्रेष्ठलाई डीनमा नियुक्त गरेको जानकारी दिए । केही दिनअघि मात्र नेपाल सरकारको मन्त्रिपरिषद्ले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डाक्टर खत्रीलाई नियुक्ति गरेको थियो । खत्री उपकुलपति नियुक्त भएलगत्तै डिनमा श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया