इन्द्रराज्यलक्ष्मी माविको ७२औँ वार्षिकोत्सव: उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

पोखरा । पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयले आफ्नो ७२औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले विद्यालयले शैक्षिक तथा भौतिक विकासमा गरेको प्रगति प्रशंसायोग्य रहेको उल्लेख गर्दै यो संस्था क्षेत्रकै शैक्षिक केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरे । प्रधानाध्यापक केशवप्रसाद अम्गाईले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माध्यमिक शिक्षा परीक्षा (एसईई) मा औसत जीपीए ३.६ भन्दा माथि पुर्याउन पूर्वप्राथमिक तहलाई मन्टेसोरीको अवधारणामा सञ्चालन गरिने जानकारी दिए । अध्यक्ष थापाले समितिले सभाहल निर्माण, विद्यालय बस थप र छुट जग्गाको दर्ता प्रक्रिया सुरु गरेको बताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, विद्यालयका सल्लाहकार शोभा मोहन पौडेल, महेन्द्र मावि घार्मीका प्रअ वासुदेव पौडेल, नव आदर्श सामुदायिक विकास समाजका अध्यक्ष इन्जिनियर दिनेश भण्डारी, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नेत्रबहादुर बानियाँ, शिक्षक अभिभावक संघका अध्यक्ष राजकुमार क्षेत्री लगायतले बोलेका थिए । सोही समारोहमा वर्ष उत्कृष्ट शिक्षकका रूपमा माध्यमिक तहका शिक्षक सन्तोष आचार्यलाई सम्मान गरियो । यसैगरी, सहायक प्रअ बलबहादुर श्रेष्ठ, शिक्षकहरू पदमकुमारी अधिकारी, कमला पौडेल, सिर्जना थापा, बालकुमारी रसाइली र कार्यालय सहयोगी नारायण गौतम पनि सम्मानित भए ।
समारोहमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी मिसन भुजेललाई नगद २५ हजार रुपैयाँ प्रदान गरियो । साथै, कक्षा १० मा अध्यापन गराउने शिक्षकहरू बलबहादुर श्रेष्ठ, धनकुमार श्रेष्ठ, सीता पौडेल, गीताकुमारी शर्मा, सन्तोष आचार्य, दीपक गौतम, दीपक आचार्य, स्वामी श्रेष्ठ र रिता अधिकारीलाई पनि सम्मान गरिएको थियो । उनीहरूलाई प्रमुख अतिथि आचार्य, इकाइ प्रमुख लोकनाथ आचार्य, वडाध्यक्षद्वय पुष्पेन्द्र पाण्डे र अमृत शर्मा तिमिल्सिना, विव्यस अध्यक्ष दिलबहादुर थापा, सदस्यहरू चित्रबहादुर थापा र गोविन्द थापा लगायतले सम्मानपत्र प्रदान गरे ।
सो अवसरमा विभिन्न समितिका संयोजक एवं सदस्यहरूलाई पनि सम्मान गरिएको थियो । विद्यालयले कक्षा नर्सरीदेखि १२ सम्मका विद्यार्थीलाई शैक्षिक सत्र २०८१ का लागि पुरस्कार तथा विभिन्न छात्रवृत्ति वितरण गरेको थियो । सांस्कृतिक नृत्य, भजन र झाँकी प्रस्तुत गरिएको उक्त कार्यक्रमको सञ्चालन शिक्षिका सीता पौडेलले गरेकी थिइन् ।
करिब एक हजार विद्यार्थी अध्ययनरत उक्त विद्यालयले आगामी तीन वर्षभित्र विद्यार्थी संख्या दुई हजार पुर्याउने लक्ष्य लिएको छ ।







औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया