पोखरामा मनाइयो गुरुङ भाषा प्रसारण दिवस, पत्रकार अनिता गुरुङ सम्मानित

पोखरा । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले तमु धिं नेपालको सहकार्यमा आइतबार पोखरामा गुरुङ भाषा प्रसारण दिवस मनाएको छ ।
रेडियो नेपालबाट २०५१ भदौ १ गतेका दिन गुरुङ भाषामा पहिलोपटक समाचार प्रसारण भएको दिनको स्मरण गर्दै संघले प्रसारण दिवस मनाइएको हो । संघले २०८० सालदेखि यो दिवस मनाउन थालेको हो ।
कार्यक्रममा सार्वजनिक सेवा प्रशारण संस्थाका बोर्ड सदस्य पत्रकार अनिता गुरुङलाई सम्मान गरिएको छ । सम्मानित गुरुङलाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले सम्मानपत्र, घलेक र खादाले सम्मान गरेका थिए ।
सम्मानपछि मन्त्री गुरुङले सञ्चार माध्यमले भाषा र संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउन सक्रिय भूमिका खेलेको बताए । मातृभाषामा समाचार प्रवाह गर्नाले संघीयताको मर्मलाई व्यवहारमा लागू गर्न सहयोग पुग्ने उनले सुनाए । जातिय भाषामा समाचार प्रसारण हुनु भाषा, संस्कृति र सञ्चार पहुँच बलियो बनाउने ऐतिहासिक कदम भएको उनले सुनाए । प्रदेश सरकारले गुरुङ र मगर भाषालाई कामकाजीको भाषा बनाएकाले यसको कार्यान्वयमा सबै मिलेर लाग्नुपर्ने उनको भनाइ थियो ।
संघका अध्यक्ष लाला गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ तमु प्हे ल्हु संघका अध्यक्ष ओम गुरुङ, सार्वजनिक सेवा प्रशारण संस्था पोखरा कार्यालयका प्रमखु शान्ती गुरुङ, सम्मानित व्यक्तित्व अनिता गुरुङ घलेलगायतले भाषा संरक्षणका लागि नीति तथा योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको सञ्चालन उपाध्यक्ष खिमा गुरुङले गरेकी थिइन् भने, स्वागत संघ, कास्कीका अध्यक्ष युग गुरुङले गरेका थिए ।





भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना
१० दिनदेखि मुस्ताङ–डोल्पा सडक अवरुद्ध
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया