पोखरा उद्योग वाणिज्य संघका सदस्यलाई युआरएलमा ३५ प्रतिशत छुट

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका सदस्य र उनीहरुका परिवारले स्वास्थ्य प्रयोगशालामा छुट पाउने भएका छन् । संघ र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)बिच पाँच वर्षसम्म रगतसहितका जाँचमा ३५ प्रतिशट छुट दिने सम्झौता भएको हो ।
सम्झौतमा संघका अध्यक्ष गोकर्ण कार्की र युआरएल अध्यक्ष ठकुरप्रसाद पन्थले आइतबार हस्ताक्षर गरेका छन् ।
संघका सदस्य र उनीहरुका परिवारले पोखराको न्युरोडमा रहेको युआरएलको प्रधान कार्यालयसहित युआरएलका सबै शाखाबाट परिचयपत्रका आधारमा छुट पाउनेछन् । भदौ १ बाट सुरु भएको सम्झौता २०८७ साउन मसान्तसम्म कायम हुनेछ ।
संघ पोखराको अग्रणी संस्था हो भने युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त स्वास्थ्य प्रयोगशाला हो । युआरएल अध्यक्ष पन्थले पछिल्लो क्रममा बेला बेलामा आफैं रक्त परीक्षण गराउने चलन बढेको जनाउँदै पोखरेली उद्योगी, व्यवसायीको हितका लागि सम्झौता भएको बताए ।
‘खासगरी कोभिडपछि बेला बेलामा सेल्फ टेस्ट गराउने चलन बढेको छ,’ अध्यक्ष पन्थले भने, ‘पोखराका उद्योगी, व्यवसायी र उहाँहरुको परिवारलाई स्वास्थ्य जाँचमा प्रोत्साहन र सहजताका लागि सहकार्य गरेका हौँ ।’ १२ वर्षअघि स्थापना भएको युआरएलले सामाजि उत्तरदायित्व वहन गर्दै आफैं र विभिन्न संघसंस्थासँग सहकार्य गरी अहिलेसम्म २ सय ५ वटा निशुल्क रक्तजाँच शिविर गरिसकेको छ ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया