इन्फर्मेटिक्स कलेज पोखराद्वारा १२७ विद्यार्थीलाई २ करोड १० लाखको छात्रवृत्ति

पोखरा । इन्फर्मेटिक्स कलेज पोखराले आफ्ना १ सय २७ जना विद्यार्थीलाई २ करोड १० लाख रुपैयाँ बराबरको ‘ट्रिपल ए’ छात्रवृत्ति प्रदान गरेको छ । ‘ट्रिपल ए’ छात्रवृत्ति अन्तर्गत विद्यार्थीको शैक्षिक उत्कृष्टता (एकेडेमिक), दृष्टिकोण (एटिच्युड) र उपस्थिति (एटेन्डेन्स) लाई आधार मानेर छनोट गरिन्छ ।
बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयसँगको सम्बन्धनमा सञ्चालित कलेजले शैक्षिक उत्कृष्टता, व्यवहार र नियमित उपस्थितिका आधारमा विद्यार्थीलाई यो छात्रवृत्ति उपलब्ध गराएको हो ।

छात्रवृत्ति प्राप्त गर्ने बिबिए तेस्रो वर्षका विद्यार्थी रोशन खत्रीले यसले आफू र आफ्नो परिवारलाई गौरवान्वित बनाएको बताए । उनले भने, ‘यसले मलाई आगामी दिनमा अझै राम्रो गर्न प्रेरित गरेको छ ।’ यस्तै, बिआइटी तेस्रो वर्षकी छात्रा सेरोन गुरुङले कलेजको वातावरण र सबैको सहयोगले छात्रवृत्ति पाउन सफल भएको बताइन् । ‘एएए छात्रवृत्ति प्रदान गरेकोमा म इन्फर्मेटिक्स कलेज पोखराप्रति आभारी छु,’ उनले भनिन्, ‘यहाँको वातावरण, शिक्षक, प्रशासनिक कर्मचारी र साथीहरूको सहयोगले यो सफलता प्राप्त गर्न सम्भव भयो ।’
कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अभिनव दाहालले विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राखेर ‘एएए’ छात्रवृत्ति दिइँदै आएको बताए । उनले भने, ‘बढ्दो प्रतिस्पर्धात्मक बजारमा यो दृष्टिकोणले विद्यार्थीलाई करिअरमा सफल हुन मद्दत गर्ने हाम्रो विश्वास छ । हामीले विद्यार्थीलाई उद्योगसँग जोड्न बिआइटी र बिबिएका पाठ्यक्रमहरू पनि अद्यावधिक गर्दै आएका छौं ।’

विगत १५ वर्षदेखि पोखरामा सञ्चालित कलेजले बेलायतको लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा बिआइटी र बिबिए कार्यक्रम सञ्चालन गर्दै आएको छ ।









पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया