वालिङमा बालक बाकसभित्र मृत फेला

समाधान संवाददाता २०८२ भदौ २ गते १६:३८

पोखरा ।

वालिङ नगरपालिका–५ द्वारभञ्ज्याङमा १३ वर्षीय बालक आफ्नै घरको बाकसभित्र मृत अवस्थामा भेटिएका छन्। सरस्वती आधारभूत विद्यालय मिनाङकोटमा कक्षा ८ मा पढ्ने निशान थापा मृत भेटिएका हुन्।

आइतबार परीक्षा सकेर उनी घर फर्किएका थिए। घरमा उनकी बहिनी मात्रै थिइन्। उनकी आमा छिमेकीको मेलामा गएकी थिइन्। मेलाबाट फर्केपछि आमाले छोराको खोजी गर्दा भेटिनन्। खोजी गर्ने क्रममा आटीमा राखिएको बाकसभित्र निशानको शव फेला परेको थियो।

Advertisement

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ । मृतकको शव पोष्टमार्टमका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ राखिएको छ।

विशेषज्ञबाट पोष्टमार्टम गर्नुपर्ने जनाउँदै शव परीक्षणका लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरी भनाइ छ। घटनास्थललाई प्रहरीको निगरानीमा राखिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया