विकासका लागि सामाजिक संस्थासँग सहकार्य आवश्यक : मेयर आचार्य

लेखनाथ ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले विकासका लागि सामाजिक संघ संस्थाहरुसँग सहकार्य आवश्यक रहेको बताएका छन् ।
कोभिड महामारीका समयमा “जहाँ समस्या त्यहाँ उपाय” भन्ने मूल नाराका साथ स्थापना भएको नागरिक परोपकार समन्वय संस्थाको स्थापना दिवस तथा छैटौं वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रमुख आचार्यले सहकार्य विनाको विकास प्रायः असम्भव भएको बताएका हुन् ।
साविक लेखनाथलाई नयाँ पोखराको रूपमा विकास गराउनका लागि राष्ट्रिय गौरवको तालचोक–वेगनास सडक र शिसुवा–फेदीसम्मका बाटो निर्माणका सवालमा देखिएका समस्या समाधानका लागि स्थानीयले सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्दै वर्षौंदेखिको बाटोमा “मेरो जग्गा धेरै गयो” भन्दै चित्त दुखाउनु विकास विरोधी कार्य भएको बताएका हुन् ।
“कोही कसैको धेरै–थोरै जग्गा नगई त कसरी बाटोको निकास निस्कन्छ त ?” भन्दै प्रमुख आचार्यले “काठमाडौंदेखि पोखरासम्मको बाटोमा पनि व्यक्तिको जग्गा नपरेको भए पोखरासम्म बाटो आउँथ्यो त ?” भन्ने प्रश्न गर्दै अब छिट्टै साविक लेखनाथ नगरपालिका भएको जग्गा परिसरमा व्यवस्थित वारुदयन्त्र र स्वास्थ्य हेल्प डेस्क राख्नका लागि डिपिआरको काम छिट्टै हुने बताए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं ३० का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले राज्यले गर्नु पर्ने काममा नागरिक परोपकार समन्वय संस्थाले गरेकाले वडाबाट हुने सबै काममा सहकार्य हुने विश्वास दिलाएका थिए ।
कार्यक्रममा नागरिक परोपकार समन्वय संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र ओझाले वि.सं. २०७६ सालमा कोभिडका कारण हात–मुख जोड्न नै असुविधा भएको अवस्थामा संस्थाले सहजीकरण गर्दै खाना खुवाउँदाको अवस्थालाई ध्यानमा राखेर संस्था स्थापना भएको बताए ।
नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष देवराज पन्थीले संस्थाले स्थापना कालदेखि अहिलेसम्म गर्दै आएका सामाजिक कामका बारेमा जानकारी गराउँदै आगामी दिनमा महानगरपालिकाको सहयोग आवश्यक रहेको सुझाव राखे ।
कार्यक्रममा शिसुवा अस्पताल सञ्चालन समितिका अध्यक्ष बाबुराम गिरी, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष गंगा खनाल र संस्थाका सचिव शिवराज सुवेदीलगायतले सामाजिक कामको पर्यायवाची नै नागरिक परोपकार समन्वय संस्था भएको बताए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया