दुर्गाको नेतृत्वमा सिद्धार्थचोकका व्यवसायी

पोखरा । चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिको अध्यक्षमा दुर्गा सुनार चयन भएका छन् । समितिको शनिबार भएको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सुनारको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लक्ष्मण न्यौपाने, सचिव नवीन श्रेष्ठ, सहसचिव किरणराज लामिछाने, कोषाध्यक्ष प्रमोद लिगल र सहकोषाध्यक्षमा अनिल ढेवाजु छन् । सदस्यमा सुशील लम्साल, वेदुनाथ लामिछाने, जनकराज सुवेदी, तारा गौतम, ज्योतिन्द्र घिमिरे, वीरेन्द्र गहतराज, राजकुमार घजु, धनबहादुर झैडी र विष्णुनारायण श्रेष्ठ चुनिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोईरालाले नेपालमा केहिी भएन भन्ने भाष्य गलत भएको बताए । उनले भने, ‘सरकारले ल्याएका नीति तथा कार्यक्रम बुझेर त्यसको सदुपयोग गर्न हामी व्यवसायीले सकिरहेका छैनौं । जस्तै, सहुलियतपूर्ण ऋण लगायत लिनका लागि आफू र आफ्ना साथीभाईलाई सचेत गराऔं ।’
उनले सडकमा आन्दोलन, सभा, धर्ना, जुलुस गर्दा ट्राफिक व्यवस्थापन अस्त–व्यस्तमात्र नभई व्यवसायीको अधिकारसमेत कुण्ठित भएको बताए । ‘सडकमा कार्यक्रम गर्दा राजनीतिक पार्टीलाई क्षणिक लाभ त गर्ला तर दीर्घकालीन रुपमा पार्टीलाई नै घाटा हुन्छ’, उनले भने, ‘जनताले सास्ती पाउँछन् ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन्छ, व्यवसायीले व्यवसाय गर्न पाउँदैनन् ।’
पोखरा ट्रेड मलका अध्यक्ष मीनराज काफ्लेले व्यावसायीक सफलताका लागि व्यवसायी आफैंले वातावरण निर्माण गर्नुपर्ने बताए । निवर्तमान अध्यक्ष देवबहादुर भुजेल (डिबी)को अध्यक्षतामा भएको कार्यक्रममा पोखरा हार्डवेयर एसोसिएसन कास्की अध्यक्ष अर्जुन थापा, कपडा एसोसिएसन कास्की अध्यक्ष लेखनाथ पौडेल, सुनचाँदी व्यवसायी महासंघ कास्की महासचिव कमलमान सुनार, आदर्श मार्ग टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद पन्थ, निवर्तमान सहसचिव दुर्गा सुनार, सचिव मोती भुजेल लगायतले बोलेका थिए ।







निर्वाचनलाई सफल पार्नु प्रदेश सरकारको दायित्व हो : मुख्यमन्त्री पाण्डे
प्रदेश सङ्ग्रहालयमा कोसेली घर बन्दै
पिस पोस्टरमा युनिशा पहिलो
कुमुदिनी माविमा वादविवाद प्रतियोगिता
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया