पर्यटकको संख्या बढ्दै, आम्दानी घट्दै

समाधान संवाददाता २०८२ भदौ ३ गते १६:१६

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पान्डेले पर्यटकको संख्यामा वर्षेनि वृद्धि भए पनि आम्दानी भने वृद्धि नभएको बताए । पर्यटककको बसाईं अवधि घट्दा तथा कम खर्च गर्ने भएकाले अपेक्षित आम्दानी हुन नसकेको उनको भनाइ छ ।


ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीको आयोजनामा भएको ट्रेकिङ गाइड तालिम तथा ट्रेकिङ पोर्टर गाइड तालिम समापन कार्यक्रममा मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् ।


गत जेठ १६ गतेदेखी असार १६ गतेसम्म चलेको तालिमको समापन मंगलबार गरिएको छ । नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम)को सहकार्य र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धनमा तालिम तालिम भएको हो ।

Advertisement


सडक पुर्वाधार कारण पदमार्गहरु विस्थापित हुँदै गएमा उनले चिन्ता व्यक्त गरे । गण्डकीमा चारवटा ट्रेल निर्माणका लागि प्रदेश सरकारले बजेट छुट्याएको उनले बताए । ‘फेवाताल माथि शंखपुरमा १४ करोडमा सेल्फी टावर बनाउने योजना भइरहेको छ । छिट्टै काम सुरु हुनेछ । पोखराका तालका बारेमा नयाँ सोच ल्याउन आवश्यक छ । सधैं काठको डुंगाले मात्र पुग्दैन,’ मुख्यमन्त्री पाण्डेले भने ।


उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तराष्ट्रिय उडानका लागि बंगलादेश र भारतसँग कुरा भइरहेको बताए । गण्डकीमा पर्यटनको सम्भावना राम्रो रहेको बताउँदै पर्यटन प्रवद्र्धनका लागि गर्नु काम गरिरहेको उनले सुनाए ।

Advertisement


पदमार्ग विस्थापति हुँदा पोखराकै पर्यटनमा प्रभाव पर्ने टानका अध्यक्ष कृष्णप्रसाद आचार्यको भनाइ छ । मोटरमार्गले पदयात्रा छोटिएको साथै पर्यटक अन्यत्र जान थालेको बताए । पदमार्ग संरक्षणलाई विशेष ध्यान दिनुपर्ने बताउँदै एक्यापले उठाउने पैसाको सहि प्रयोग गनुपर्ने तथा ४० प्रतिशत स्थानीयलाई दिनुपर्ने बताए ।


टानका प्रथम उपाध्यक्ष तिर्थराज सुवेदीले ट्रेकिङ गाइड पर्यटनको अघोषित ब्रान्ड एम्बासडरको रुपमा रहेको बताए । उनले गाइडले पर्यटकलाइ प्रदान गर्ने जानकारी राष्ट्रको गरिमासँग जोडिने भएकाले पर्यटकलाइ गाइड गर्ने क्रममा संवेदनशील भएर जानकारी दिनुपर्नेमा जोड दिए । यो तालिमबाट ३ सय जना योग्य ट्रेकिङ गाइड उत्पादन गर्न सफल भएको उनको भनाइ छ ।


टानका पुर्वध्यक्ष एवं सल्लाहकार डम्मरबहादुर केसीले पर्यटन क्षेत्रलाई राम्रो बनाउने जिम्मेवारी सबैको भएको तर्क छ । कर्तव्य जिम्मेवारीपुर्ण ढंगले बहन गर्नुपर्ने बताए । मुनाफा बढाउने, समय बचाउने र पर्यटक बढाउने नाममा होचो भुभागदेखी मुस्ताङ, मनाङ जस्ता हिमाली जिल्ला एकैदिनमा पुर्याउने प्रवृत्तिका कारण पर्यटकको स्वास्थ्य जोखिममा परेको उल्लेख गरे ।


नाथम काठमाडौंका अध्यक्ष अजय ढकालले तालिममा सहभागीलाई एक सय २० घन्टाभन्दा बढी प्रशिक्षण प्रदान गरिएको जानकारी दिए । तालिम अवधीमा सहभागीहरुलाइ नेपालको इतिहास, भुगोल, प्रकृति र संस्कृतिबारे प्रशिक्षण गरिएको बताए ।


पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पछिल्लो समय प्रचारप्रसार बढ्दै गएसँगै पर्यटकको संख्या वृद्धि भएको बताए । यसलाई कायम राख्न लाइसेन्स प्राप्त ट्रेकिङ गाइडहरुले जिम्मेवार भएर काम गर्नुपर्ने बताए ।


सहभागीको तर्फबाट बोल्दै इन्द्रकाजी गुरुङले पदमार्गहरुमा देखिएका समस्या समाधनमा प्रदेश सरकारले पहल गर्नुपर्ने बताए । लाइसेन्स पाइसकेपछी पर्यटकलाई गुणस्तरीय सेवा दिनका लागि शतप्रतिशत प्रयास गर्नुपर्ने उनको धारणा छ ।


टान गण्डकीका पूर्व सदस्य गणेश बहादुर भट्टराईले विकसित राष्ट्रहरुले गरिरहेको कार्बन उत्सर्जनले नेपालको दैनिक जनजीवन सँगै पर्यटन क्षेत्र प्रभावित भएको बताउँदै यसको क्षतिपूर्ति पाउनुपर्ने बताए । पोखरा अन्तरास्ट्रिय बिमानस्थल संञ्चालनमा दबाव दिनुपर्ने बताए ।


पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले गण्डकी प्रदेशमा नयाँ पदमार्ग ट्रेलहरु खोल्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले पर्यटनमा मनोरञ्जन कर लगाउने निर्णय गरेको सन्दर्भमा बोल्दै कोभिड र आर्थिक मन्दीका कारण बिस्तारै उठ्न लागेको पर्यटन क्षेत्रलाई फेरि थला पार्ने काम उनको गुनासो छ ।


पोखरा वडा नं ६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईले पर्यटन क्षेत्रमा आवश्यक पुर्वाधार निर्माणमा पोखरा महानगर र प्रदेश सरकार उदासिन रहेको बताए । तालिम प्राप्त गरेपछि सरकारले रोजगारीको सुनिश्चितता गरिदिन उनले आग्रह गरे ।

तपाईको प्रतिक्रिया