मुस्ताङमा एक महिलामा डेंगु संक्रमण
समाधान संवाददाता
२०८२ भदौ ३ गते १६:५१

मुस्ताङ ।
हिमाली जिल्ला मुस्ताङमा एक महिलामा डेङ्गु सक्रमण देखिएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाकी ३८ वर्षीया महिलामा डेङ्गु सङ्क्रमण भएको हो ।
डेङ्गु सङ्क्रमित महिला बिरामी परेपछि उपचारका लागि प्रदेश अस्पताल जोमसोममा भर्ना भएकी थिइन् । सोही क्रममा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा डेङ्गु रोगको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा समिक्षा कँडेलले जानकारी दिइन् । उनका अनुसार बिरामी महिला उपचारपछि घर फर्किएकी छन् ।
साउनमा यहाँ डेङ्गु रोग सङ्क्रमण देखिएको यो पहिलो घटना भएको डा कँडेलले जानकारी दिए । यहाँ आउने पर्यटकका माध्यमबाट यहाँ डेङ्गु सङ्क्रमण देखिएको उनको भनाइ छ । यसअघि मुस्ताङस्थित प्रदेश अस्पताल जोमसोममा आव २०८०/८१ मा चार जना तथा आव २०८१/८२ मा १७ जनामा डेङ्गु सङ्क्रमण देखिएको मुस्ताङ अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया