
जोमसोम ।
मुस्ताडमाङमा कालीगण्डकी नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा चोरी निकासी हुने गरेको छ । यहाँको थासाङ गाउँपालिका २ कोवाङ स्थित कालीगण्डकी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्दै गरेको अवस्थामा आइतबार जिल्ला प्रशासन कार्यालय मुस्ताङले केही उत्खननमा प्रयोग भएका साधनलाई नियन्त्रणमा लिएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालसहित सुरक्षा निकायको टोलीले थासाङ क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन तथा सवारी साधनहरूको स्थलगत अनुगमन गरेको थियो । सोही क्रममा प्रमुख जिल्ला अधिकारी भुसालसहितको अनुगमन टोली थासाङको कोवाङमा नदीजन्य पदार्थ उत्खननसम्बन्धी अनुमति नलिएको र प्रतिबन्धित याममा नदी उत्खनन गरेको भन्दै ३ वटा ट्याक्टर र एक जेसिबीलाई तत्कालै नियन्त्रणमा लिएको हो ।
नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका ट्याक्टर र जेसिबी साधनलाई नियन्त्रणमा लिएर उक्त साधनका धनीलाई १९ हजार रुपैयाँ जरिवाना गरी पुनः गल्ती नगर्ने शर्तमा छाडिएको प्रजिअ भुसालले जानकारी दिए । यसअघि मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा २ वटा र वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीमा २ वटा ट्याक्टरलाई एक्याप जोमसोम र सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिले अवैध रूपमा मुस्ताङस्थित कालीगण्डकी नदीमा उत्खनन गरेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई समितिको निर्णय अनुसार जरिवाना असुली गरी दोहो¥याएर गल्ती नगर्ने चेतावनीसहित छाडिएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए । कालीगण्डकी नदीजन्य प्राकृतिक स्रोत ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन र बिक्री वितरणको स्थानीय उपयोग दस्तुरका रूपमा राजस्व संकलन गर्ने अधिकार एक्याप कार्यालय अन्तर्गत सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई अधिकार प्रत्यायोजन गरिएको छ ।
संघीय कानुन र एक्यापको संरक्षण क्षेत्र व्यवस्थापन नियमावली २०५३ बमोजिम नदीजन्य उत्खनन, संकलन तथा बिक्री वितरणको अधिकार संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई प्रत्यायोजन गरिएको हो । यहाँ एक्यापले संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई सम्बन्धी व्यक्तिले कालीगण्डकी नदीजन्य पदार्थ उत्खनन गरेबापत समितिले तोके बमोजिमको राजस्व शुल्क बुझाउनुपर्ने प्रावधान छ ।
यसरी समितिलाई राजस्व शुल्क बुझाए पनि मनसुनको महिना असार, साउन र भदौ महिनामा कालीगण्डकी नदी उत्खननमा रोक लगाउने यसअघिकै पुरानो निर्णय विद्यमान छ । तर, मुस्ताङमा बर्खायामको मनसुनको समयमा पनि दिनहुँ जसो कालीगण्डकी नदी उत्खनन गर्ने गरेको पाइन्छ ।
प्रशासन, एक्याप र समितिले नदेख्ने गरी वा नियमको अटेरी गरी मुस्ताङको वारागुङ, घरपझोङ र थासाङ क्षेत्रमा कालीगण्डकी नदी उत्खनन गर्ने क्रम चलिरहेको छ । यहाँका बर्खायामको मनसुनको समयमा कालीगण्डकी नदीजन्य उत्खनन गर्दा कालीगण्डकी नदीले धार परिवर्तन गर्ने र यसले तटीय क्षेत्रको बस्ती जोखिम हुने भएकाले यहाँ प्रशासन र एक्यापले बर्खायामको ३ महिना यहाँ नदी उत्खननमा रोक लगाएको हो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्








पूर्वेलीलाई पोखरेलीको निम्तो : घुम्न आउनुस्, स्वागत गर्न तत्पर छौं
एमालेको महाधिवेशन : पुस १ गते मात्रै मतदान
सम्पादकीय—एमाले महाधिवेन र निर्वाचन
‘मुर्बै लयँ सारा’ बोलको गीत सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया