महिनावारीबारे सचेतना

समाधान संवाददाता २०८२ भदौ ४ गते १०:५०

पोखरा ।
चिल्ड्रेन नेपालको आयोजनामा महिनावारीसम्बन्धी अभिमुखीकरण तथा सेनेटरी प्याड वितरण गरिएको छ । किशोरी, बालिका र महिलाबिच महिनावारी, प्रजनन स्वास्थ्य र उचित सरसफाइसम्बन्धी जागरुकता अभिवृद्धि गर्न, महिनावारीसम्बन्धी गलत धारणा भ्रम हटाउन, पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याडको सही प्रयोग, हेरचाह र यसका फाइदाबारे जानकारी दिने कार्यक्रम गरिएको हो।

Advertisement


कार्यक्रममा स्थानीय स्तरमै कटनको कपडा प्रयोग गरी उत्पादन गरिएका पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याडको प्रयोगले पर्यावरणमैत्री, किफायती र दीर्घकालीन रूपमा उपयोगी हुने बिषयमा छलफल भएको छ । सामान्यतया प्रयोग हुने डिस्पोजेबल प्याडको तुलनामा पुनः प्रयोग गर्न सकिने प्याड लामो समयसम्म (२–३ वर्षसम्म) प्रयोग गर्न सकिन्छ । यसले महिलाको आर्थिक व्यभार घटाउने, फोहोर व्यवस्थापनमा सहयोग गर्ने र स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने फाइदा पुर्‍याउँछ ।


कार्यक्रममा १ सय ६५ जना महिला सहभागी थिए । चिल्ड्रेन–नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । सहारा बाल आधारभूत विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई सामान्य जीवनशैलीको अभिन्न अंगका रूपमा लिन आग्रह गरिन् ।

Advertisement


कार्यक्रममा चिल्ड्रेन नेपालका सहायक संयोजक लीला न्यौपानेले सहजीकरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया