मिर्गाैला पीडितलाई सहयोग

पोखरा ।
पोखरा २५ हेमजा निवासी मिर्गाैला पीडित २७ वर्षीया ओसना विकलाई नेकपा (माओवादी केन्द्र)ले आर्थिक सहयोग गरेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङ स्थायी घर भई हाल हेमजामा भाडाको घरमा बस्दै आएकी विकलाई माओवादीको पोखरा महानगर कमिटी र वडा कमिटीबाट संकलित रकम हस्तान्तरण गरिएको वडा कमिटी अध्यक्ष महादेव अधिकारीले जानकारी दिए ।
धौलागिरी कास्की दलित सम्पर्क समाजले गरेको वार्षिक साधारण सभामा वडा कमिटी अध्यक्ष महादेव अधिकारीले नगद ६ हजार विकलाई हस्तान्तरण गरे । विगत २ महिनादेखि दुवै मृगौलामा समस्या देखिएपछि विकले सहयोगको याचना गरेकी छन् ।
दैनिक मजदुरी गरी जीविकोपार्जन गर्दै आएको उनको परिवार थप उपचार गर्न सक्ने अवस्थामा नभएकाले सहयोगका लागि सम्पर्क समाजले आग्रह गरेको छ ।
पोखराको मणिपाल र काठमाडौंको नेसनल किड्नी अस्पतालमा उपचार गराउँदा चल अचल सम्पत्ति सकिएको र थप उपचारका लागि रकम अभावले रोगले पीडित परिवार थप पिडित बनेको आफन्त डिलसरा नेपालीले बताइन् । सहयोगको अपेक्षासहित पीडितको नाममा प्रभु बैंकमा ०१३०२३३३७२६०००१७ नम्बरको खाता खोलिएको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया