नाडा अटो शोमा सुजुकी इ-भिताराको प्रदर्शन, एक वर्ष शून्य ब्याजसहित ‘पर्वोत्सव’ योजना सार्वजनिक

काठमाडौं
नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सिजी मोटोकर्पले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी इ-भितारा नाडा अटो शो २०८२ मा प्रदर्शन गरेको छ । सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजनसमेत रहेको कम्पनीले दशैँ-तिहारलाई लक्षित गर्दै आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले नगद छुट, शून्य प्रतिशत ब्याजदरको सुविधादेखि सुन जित्ने अवसरसम्म पाउनेछन् ।
कम्पनीले ल्याएको ‘पर्वोत्सव’ योजनाअन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको सवारी बीमा, ६ वर्षका लागि निःशुल्क सर्भिसिङ पार्ट्स (पीएमएस पार्ट्स), दुई लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र विभिन्न एक्सेसरिजहरू प्राप्त गर्न सक्नेछन् । नाडा अटो शोको अवधिमा गाडी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै, १० जना भाग्यशाली ग्राहकले एक-एक तोला सुन जित्ने अवसर पाउनेछन् । कम्पनीले अल्टो र सेलेरियो गाडीको खरिदमा एक वर्षका लागि शून्य ब्याजदरको सुविधा पनि उपलब्ध गराएको छ, जसमा केही सर्तहरू लागू हुनेछन् ।
सुजुकीले आफ्नो पहिलो मास-प्रोडक्सन इलेक्ट्रिक एसयुभी इ-भितारा सार्वजनिक गर्दै नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रामा नयाँ युगको सुरुवात गरेको जनाएको छ । कम्पनीका अनुसार विश्वस्तरीय डिजाइन, प्रगतिशील इलेक्ट्रिक मोबिलिटी प्रविधि र भरपर्दो सुजुकी डीएनएको सम्मिश्रण रहेको इ-भितारालाई नेपालको बाटो, भौगोलिक विविधता र जीवनशैलीअनुसार परिष्कृत र अनुकूलन गरिएको छ । यसले नेपाली उपभोक्तालाई सुरक्षित, भरपर्दो र भविष्यमुखी ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।
इ-भितारा सुजुकीको पहिलो ब्याट्री इलेक्ट्रिक भेहिकल (बीईभी) हो, जुन नयाँ ‘हार्टेक्ट-इ’ प्लेटफर्ममा आधारित छ । यसले उत्कृष्ट पर्फर्मेन्स, आरामदायी यात्रा र सुरक्षा प्रदान गर्छ । २,७०० मिलिमिटरको ह्वीलबेस र ५.२ मिटरको टर्निङ रेडियस रहेको यो गाडीमा अधिकतम स्पेस र आरामदायी यात्राका लागि फ्ल्याट-फ्लोर डिजाइन गरिएको छ । ‘इमोसनल भर्सटाइल क्रुजर’ अवधारणामा आधारित यसको एसयुभी स्टाइलिङ दमदार देखिन्छ र यसमा १८ इन्चको एयरोडाइनामिक अलोय ह्वील जडान गरिएको छ ।
यो गाडी ४९ किलोवाट आवर र ६१ किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध छ, जसले एक पटकको पूरा चार्जमा ५०० किलोमिटरभन्दा बढीको रेन्ज दिनेछ । यसमा रहेको स्मार्ट ‘थ्री-इन-वन’ इलेक्ट्रिक ड्राइभ युनिट र थर्मल म्यानेजमेन्ट सिस्टमले चरम तापक्रममा पनि स्थिर प्रदर्शन दिन्छ । गाडीको भित्री डिजाइन भविष्यमुखी र प्रिमियम अनुभव दिने किसिमको छ । यसमा डिजिटल ककपिट, प्रिमियम फ्लोटिङ कन्सोल, १०-वे पावर एडजस्टेबल ड्राइभर सिट र भेन्टिलेटेड फ्रन्ट सिटहरू रहेका छन् । प्यानोरामिक सनरुफ, मल्टिकोलर एम्बिएन्ट लाइटिङ, १०.१ इन्चको टचस्क्रिन, १०.२५ इन्चको डिजिटल डिस्प्ले र ‘इन्फिनिटी बाई हारमन’को साउन्ड सिस्टमले यात्रालाई थप मनोरञ्जनात्मक बनाउँछ ।
सुरक्षाका लागि यो गाडीलाई माइनस ३० डिग्री सेल्सियसदेखि प्लस ६० डिग्री सेल्सियससम्मको तापक्रममा परीक्षण गरिएको छ । यसको ५० प्रतिशतभन्दा बढी संरचना हाई-टेन्साइल स्टिलले बनेको छ । साथै, यसमा लेभल २ को एडास (एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), सातवटा एयरब्याग र सबै पाङ्ग्रामा डिस्क ब्रेकजस्ता अत्याधुनिक सुरक्षा सुविधा छन् । यसमा भएको एडाप्टिभ ग्रिल शटरले ड्राइभिङ रेन्जलाई अझ लामो बनाउन मद्दत गर्छ ।
कम्पनीका अनुसार भारतमा उत्पादन हुने यो इलेक्ट्रिक गाडी १०० भन्दा बढी देशहरूमा बिक्री गरिनेछ । सुजुकीले इ-भिताराको सार्वजनिकसँगै सन् २०३० भित्र ६ वटा नयाँ इलेक्ट्रिक गाडी सार्वजनिक गर्ने योजना बनाएको छ । कम्पनीले इलेक्ट्रिक गाडी मात्र नभई विभिन्न बजारको आवश्यकताअनुसार हाइब्रिड, सीएनजी र बायोफ्युल्स प्रविधिमा आधारित अन्य ग्रीन मोबिलिटी समाधान पनि प्रस्तुत गर्ने जनाएको छ ।








‘निजी क्षेत्र हतोत्साहित हुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव’
जलनको पीडा रोकथामप्रतिको उदासिनता
सम्पादकीय—अर्थतन्त्रका चुनौतीहरु
जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया