न्युरोडमा डायमन्ड ब्युटी सैलुन सञ्चालन
पोखरा ।
पोखरा ८ न्युरोडमा डायमन्ड ब्युटी सैलुन तथा ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको गण्डकी प्रदेश सभा सांसद सरस्वती गुरुङ र पूर्वसासद शारदा पौडेलले संयुक्त रुपमा सुरुवात गरे ।
उनीहरुले महिलाले सीप सिकेर आत्मनिर्भर बन्ने मुख्य रुपमा ध्यान दिनुपर्ने विचार राखे । नेपाल ब्युटिसियन संघ गण्डकी प्रदेशकी अध्यक्ष सर्मिला रानाभाटले युवती तथा महिलाले बयुटिसियन तालिम लिई स्वरोजगार तथा वैदेशिक रोजगारीमा पनि राम्रो गरिरहेको बताइन् ।
ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा, नेपाल दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, महिला उपाध्यक्ष सरस्वती गिरी र महासचिव जगतमोहन गिरी, केन्द्रीय सदस्य तथा कोशी प्रदेश अध्यक्ष पदमबहादुर गिरी लगायतले बोलेका थिए ।
राकेश पुरी र ममता कार्कीको करिब ८० लाख लगानी रहेको सेन्टरमा १२ जनाले रोजगारी पाएका छन् । यहाँ अत्याधुनिक प्रविधिबाट दक्ष ब्युटिसियनहरुद्वारा हाइड्रो फेसियल, फेसियल, केराटिन, वोटस, केमिकल हेयर स्ट्रेट, नेलजेल, हेयर कलर, स्कीन टेस्टर, मोल्स रिमुभर लगायतका सेवा उपलब्ध छन् ।
यो सेन्टरले सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा मान्यता तालिमसमेत दिँदै छ । यहाँ अहिले ६४ जनाले ब्युटिसियन तालिम लिइरहेका छन् ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया