तीजगीत प्रतियोगितामा सहनशील समूह पहिलो

पोखरा ।
पोखरा बहुमुखी क्याम्पसको आयोजनामा बुधबार भएको राष्ट्रिय खुला तीजगीत प्रतियोगिता प्रतियोगितामा सहनशील दिदिबहिनी समूह पोखरा २३ प्रथम भएको छ । प्रतियोगितामा २४ समूह सहभागी भएकोमा पोखरा नर्सिङ क्याम्पस समूह द्वितीय, रानीपौवा दिदीबहिनी समूह तृतीय र देविस्थान महिला समूह र पोखरा बहुमुखी क्याम्पस करुवा समूह सान्त्वना बने ।
क्याम्पसले भवानी कालिका समूह पोखरा -२६ र उर्जाशील दिदिबहिनी समूह,पोखरा १२ लाइ ५ /५ हजार प्रोत्साहन स्वरुप दिने घोषणा गरेको छ ।
कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले तीजलाई मौलिकता जोगाउँदै संस्कार, संस्कृति जोगाउने पर्वका रुपमा मनाउनुपर्नेमा उनको जोड छ । पोखरा बहुमुखी क्याम्पसकी क्याम्पस प्रमुख शिशुकला पराजुलीले पछिल्लो क्रममा तीज नारी ससक्तीकरण र एकताको पर्व बन्दै गएको उल्लेख गरिन् ।
प्रतियोगितामा गायिकहारु तारा थापा, माया गुरुङ र सरला पाण्डे निर्णायक थिए । पोखरा बहुमुखी क्याम्पस सञ्चालन समिति अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा गायक प्रजापति पराजुली र तीजगीत प्रतियोगिता संयोजक भानु पराजुलीले पनि बोलेका थिए ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया