तीर्थ गुरुङको ‘हिउँको गीत’ उपन्यासलाई कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार

पोखरा । चितवनको कविडाँडा साहित्य समाजले प्रदान गर्ने ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८१’ यस वर्ष उपन्यासकार तीर्थ गुरुङको कृति ‘हिउँको गीत’ लाई प्रदान गरिने भएको छ। प्रत्येक वर्ष प्रकाशित नेपाली आख्यान कृतिहरूमध्येबाट एक उत्कृष्ट कृतिलाई सम्मान गर्दै आएको समाजले यो निर्णय गरेको हो।
उनको यो कृति मदन पुरस्कार र पद्मश्री पुरस्कारको छोटो सूचीमा समेत परेको छ ।
समाजले जारी गरेको विज्ञप्तिअनुसार, गुरुङ समुदायको ओझेलमा परेको सामाजिक-सांस्कृतिक पक्षलाई जादुमयी यथार्थवादी शैली र सम्मोहक शिल्पमार्फत उपन्यासले उत्कृष्ट ढंगले उजागर गरेकाले यसलाई पुरस्कारका लागि छनोट गरिएको हो।
पुरस्कारका लागि समाजले यसअघि १० पुस्तकको लामो सूची र त्यसपछि ५ कृतिको संक्षिप्त सूची सार्वजनिक गरेको थियो। ‘हिउँको गीत’ सँगै अन्तिम ५ मा छुदेन काविमोको उपन्यास ‘उरमाल’, पञ्चम अधिकारीको कथासंग्रह ‘प्रवासीको देश हुन्न’, सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ र श्रीधर खनालको उपन्यास ‘सावर्णि’ परेका थिए।
समाजका अध्यक्ष एल.बी. क्षेत्रीद्वारा जारी विज्ञप्तिमा पुरस्कार प्रदान गरिने मिति, स्थान र समय पछि तय गरिने उल्लेख छ।







‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया