बाटुलेचौर तीज मेला तयारी
पोखरा ।
पोखराको बाटुलेचौरमा हुने ऐतिहासिक तीज मेला २०८२ को तयारी तीव्र पारिएको छ । नेपाली नारीको सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा भदौ ९ र १० गते स्थानीय बाटुलेचौर मैदानमा हुने मेलाको तयारी तीव्र पारिएको र विभिन्न उपसमितिले आआफ्नो कामलाई निरन्तरता दिएको बताइएको छ । मेलाको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा मूल समितिका संयोजक एवं वडा सदस्य राजकुमारी बानियाँले २ दिनसम्म सञ्चालन हुने मेलाको तयारीमा मूल समिति र ८ वटा उपसमिति केन्द्रित भएको बताइन् ।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बाटुलेचौरको मेला परापूर्वकालदेखि नै सञ्चालन हुँदै आएको ऐतिहासिक मेला भएकाले वडा कार्यालय यसको संरक्षक बनेको स्पष्ट पारे । उनले भने, ‘वडा कार्यालय मेलाको आयोजक होइन, संरक्षक हो र समन्वय गरिएको मात्र हो ।’ वडाभित्र हुने धार्मिक, सांस्कृतिक मेला महोत्सवको प्रवद्र्धनका लागि स्थानीय सरकारको सदैव सहयोग रहने वडाध्यक्ष तिमिल्सिनाले बताए ।
विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिताका संयोजक राम बहादुर बानियाँले आर्थिक असहजताका कारणले मेला छोटो भए पनि यसलाई सफलताका साथ सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए । अर्थ व्यवस्थापन उपसमितिका संयोजक अनिल बस्नेतले मेला सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च लाग्ने बताउँदै, यसका लागि विभिन्न व्यापारिक घराना र सहयोगीसँग अपेक्षा गरिएको जानकारी दिए । प्रचारप्रसार संयोजक मोहन थापाले मेला समग्र पोखरावासीकै भएको भन्दै, यसलाई सफल बनाउने दायित्व पनि पोखरेलीकै भएको दाबी गरे ।
सहभागी पत्रकार एवं विभिन्न समितिका संयोजकले तीजको परम्परागत हम्काईलो भाकालाई संरक्षण गर्ने र नयाँ पुस्तालाई जानकारी गराउने तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । २ दिनसम्म सञ्चालन हुने मेलामा पहिलो दिन भदौ ९ गते बिहान मैदानदेखि महेन्द्र गुफासम्म प्रभातफेरी र महिला दौड, दिउँसो अन्तरविद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता हुने र भदौ १० गते मेलाको उद्घाटनसहित समूहगत तीज गीत प्रस्तुति तथा विविध सांस्कृतिक कार्यक्रम हुने र करिब २० टोली सहभागी हुने सहसंयोजक मन्जु नेपालीले जानकारी दिइन् ।
प्रचारप्रसार संयोजक मोहन थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मूल समितिका सदस्य भीम बहादुर गायकले गरेका थिए । विसं १५२५ भन्दा अगाडिदेखि नै बाटुलेचौरमा सेती गंगा नुहाएर आएका लामाचौर, अर्मला, घार्मी, कुरेचौर, हरिपाउँ, जुम्लेटी, भलाम लगायतका ठाउँका महिला जम्मा भएर गीत गाउने गरेको जानकार बताउँछन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया