राजेन्द्र ओझा नेतृत्व समूहको प्रतिवद्धता पत्र सार्वजनिक
पोखरा ।
लेखनाथ उद्योग वाणिज्य संघको २९ औं साधारण सभा तथा १५ औं अधिवेशनको लागि राजेन्द्र ओझा समूहमा आबद्ध उम्मेद्वार र प्रतिबद्धतापत्र बिहीबार सार्वजनिक गरिएको छ । संघको आगामी भदौ २० र २१ गते पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा हुने निर्वाचनलाई केन्द्रित गरेर प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।
संघका वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका उम्मेद्वार ओझाले समूहको ५ प्रतिबद्धता र ६ विशेष योजना सार्वजनिक गरे । उनले स्थानीय उत्पादनको प्रवद्र्धन र बजार विस्तार र कृषि, पर्यटन प्रबद्र्धनमा मार्फत लेखनाथलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाउन योगदान दिने बताए ।
उनले स्थानीय कृषिका उत्पादन, हस्तकला र घरलु तथा साना उद्योगबाट उत्पादित सामाग्रीको प्रत्यक्ष बिक्री, डिजिटल भुक्तानी र गुणस्तरीय बजार पूर्वाधार विकासमा ध्यान दिने योजना सुनाए । ‘उद्योगी व्यवसायीको समस्या समाधान गर्नुका साथै डिजिटल साक्षरता र प्रविधिमैत्री व्यवसायिक वातारण निर्माणमा ध्यान दिइने छ,’ उनले भने, ‘व्यवसाय सहयोग कक्ष र समस्या समाधानका लागि हेल्प डेस्क स्थापनाका अलवा अत्याधुनिक प्रविधिमैत्री उद्योग वाणिज्य संघ बनाइने छ ।’ उनले सबै उद्योगी व्यवसायीको डिजिटल प्रोफाइल, नेटवर्किङ प्लेटफर्म, अनलाइन रजिष्ट्रेशन र ई–पेमेन्ट सजिलै उपलब्ध गराउने बताए । उनले लेखनाथ क्षेत्रमा औद्योगिक क्षेत्र आवश्यक भएको उल्लेख गरे ।
संघका प्रथम उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेद्वार उपेन्द्रराज सुवेदी (राजु)ले अनुभवी र योग्य राजेन्द्र ओझाको समूह ‘धैर्यता, निरन्तरता, क्रमागत, उद्यमशीलता, विधिको नेतृत्व हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ चुनावी अभियानमा होमिएको जनाए । उनले हरेक वर्षमा हुने महोत्सवलाई अबदेखि १ कार्यकाल १ ऐतिहासिक महोत्सव आयोजना गर्ने प्रस्ताव गरे ।
उनले महोत्सव गर्दा लेखनाथको व्यवसायलाई प्राथमिकता, स्थानीय उत्पादनको प्रबद्र्धन र व्यवसाय प्रवद्र्धनमुखी कार्यक्रम गर्ने बताए । पहिले भएका छुट सम्बन्धी सम्झौतालाई निरन्तरता दिने जानकारी दिदै उनले आगामी कार्यकालमा बीमा, यातायात, होटल, शिक्षा, स्वास्थ्य र व्यवसाय सम्बन्धी थप सम्झौता गर्ने स्पष्ट पारे ।
संघका महासचिवका उम्मेद्वार जीवन तिवारीले डिजिटल/वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत संघमा आबद्धमा व्यवसायीलाई ई–कमर्स, अनलाइन बैकिङ, कर तथा राजश्व डिजिटल प्रणालीमा दक्षता बनाउने बताए । उनले रुपा र मादी गाउँपालिकासँग सहकार्य गरी स्थानीय उत्पादन, पर्यटन, र होम स्टे प्रबद्र्धनमा ध्यान दिने जनाए । उनले संघको स्थापना दिवस (असार २०)लाई व्यवसायीको उत्सवको रुपमा मनाउदै उत्कृष्ट व्यवसायी सम्मान, प्रेरणादायी सत्रको आयोजना गर्ने योजना सुनाए ।
संघका पूर्व अध्यक्ष बलराम ढकालले सामुहिक नेतृत्व र संस्थागत विकासमा काम गर्न सुझाव दिए । उनले आर्थिक संकटको कारण उद्योगी व्यवसायीको गिरेको मनोबल उकास्ने योजना आवश्यक भएको बताए ।
लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र महासचिव जानुका पराजुली अधिकारी प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । दुबै समूहले मतदाता भेटघाटलाई तीव्रता दिइरहेका छन् । ‘उद्योग व्यवसायको बलियो आधार, सक्षम नेतृत्व, खुल्लापन, नवप्रवद्र्धन, र व्यवसायिक व्यवहार’ भन्ने नाराका साथ ओझाको समूहले चुनाव केन्द्रित अभियान गरेको छ ।
महासचिव अधिकारीको समूह स्थानीय उत्पादन (जेठोबुढा चामल, मह कफी, उखु)को प्याकेजिङ, ब्राण्डिङ र बजारीकरण गर्ने योजनाका साथ चुनावी अभियानमा होमिएको छ । ‘इमान्दारिता, पारदर्शिता र लगनशीलता व्यवसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यकता’ भन्ने नाराका साथ सो समूहले लेखनाथका साना ठुला उद्योगी व्यवसायीको हक हितमा आवाज उठाउनुका साथै निजी क्षेत्रको नीतिगत सुधारमा ध्यान दिने योजना सार्वजनिक गरेको छ ।
बेगनास लगायतका ७ तालमा पर्यटनको आकर्षण गराउन सक्ने खालका गतिविधि गर्न तीन तहका सरकारसँग समन्वय र सहकार्य गर्नुका साथै धर्म संस्कृतिको संरक्षण र जगेर्नाको लागि बाराह मन्दिर लगायतका धार्मिक क्षेत्रमा धार्मिक पर्यटन भिœयाउने खालका गतिविधि गर्ने भएको छ ।
पोखरा महानगरपालिका (साविक लेखनाथ)का ८ वडाहरु कास्कीको रुपा र मादी लेखनाथ उद्योग वाणिज्य संघको कार्यक्षेत्र पर्छ । निर्वाचनको लागि उद्योग वाणिज्य संघमा २ हजार १९ मतदाता रहेका छन् ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया