पोखराका सामुदायिक विद्यालयमा डिजिटल सिकाइ, प्रअहरूलाई अभिमुखीकरण

पोखरा । पोखरा महानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई डिजिटल लर्निङबारे अभिमुखीकरण गरिएको छ । ‘एम्बिसन गुरु’ नामक एपमार्फत विशेषगरी कक्षा १० का विद्यार्थीको सिकाइलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा उनीहरूलाई प्रशिक्षण दिइएको हो ।
एम्बिसन गुरु एउटा मोबाइल एप र वेबमा आधारित डिजिटल शैक्षिक प्लेटफर्म हो । विद्यालयमा सिकेको कुरामा अलमल भएमा वा थप स्पष्ट हुन यो सहयोगी हुने बताइएको छ ।
एपलाई फन्डिङ गरिरहेको घुन्सा फाउन्डेसनकी संस्थापक एवं नेपाल ट्रस्टकी कार्यकारी सदस्य याङ्जोम शेर्पाले शिक्षालाई सबैको पहुँचमा पुर्याउनु ‘एम्बिसन गुरु’को लक्ष्य रहेको बताइन् । उनका अनुसार, एपले न्यून शुल्कमा उत्कृष्ट शिक्षा दिने दाबी गरेको छ । हाल सामुदायिक विद्यालयका कक्षा १० का विद्यार्थीलाई भने निःशुल्क अनलाइन शिक्षा दिइरहेको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एपमा भएका पुनरावृत्ति, मक टेस्ट र लाइभ टिचिङ जस्ता फिचरले विद्यार्थीको सिकाइमा सहजता ल्याउने विश्वास व्यक्त गरे । उनले यसको सहायताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रधानाध्यापकहरूलाई निर्देशन दिए ।
विद्यालय शिक्षाको अवस्था सन्तोषजनक भए पनि ढुक्क हुने अवस्था नरहेको उनले बताए । आचार्यले विद्यार्थी केन्द्रित सिकाइमा जोड दिँदै आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गरेर नतिजामा परिणत गर्न सुझाव दिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया