पालिकासँग जिससको अन्तक्र्रियापालिकासँग जिससको अन्तक्र्रिया

पोखरा
जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरूसँग असल अभ्यास विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरे ।
पौडेलले कार्य सम्पादन र विकास निर्माणका असल अभ्यास आदानप्रदानसहित समस्याहरूको निराकरण र प्रभावकारी समन्वयका निम्ति कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आपसी अनुभव आदानप्रदानले प्रभावकारी कार्यसम्पादनको स्तर वृद्धिमा सहयोग गर्ने उल्लेख गरे । पौडेलले सबै पालिकाले आन्तरिक नियन्त्रण प्रणाली निर्माण गरेर जनउत्तरदायी र जवाफदेही सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै पारदर्शी र प्रभावकारी दिगो विकासमा लाग्न अनुरोध गरे ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, अन्नपूर्ण गाउँपालिकाका उपप्रमुख चन्द्रकला अधिकारी, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गैरसरकारी संस्था महासंघ कास्कीका सचिव केशु भुजेल, जिसस कास्की उपप्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल लगायतले बोलेका थिए ।
कास्कीका ५ पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी कार्यक्रममा सबै पालिकाले आफ्नो पालिकामा भएका विकास निर्माण र गतिविधिसहितको असल अभ्यास प्रस्तुति गरेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया