तीज महोत्सवमा पोखरा इन्टरनेट: निःशुल्क वाइफाइ र आकर्षक उपहार

पोखरा – पोखरा इन्टरनेट प्रालिले यस वर्षको तीजको अवसरमा विशेष योजना सार्वजनिक गरेको छ । पोखराको पुरानो टुँडिखेलमा आयोजना हुने तेस्रो ऐतिहासिक तीज महोत्सवमा कम्पनीले इन्टरनेट प्रायोजन गर्दै विभिन्न आकर्षक अफरहरू ल्याएको हो ।
सामाजिक संस्था इन्द्रेणी एकीकृत विकास केन्द्रद्वारा आयोजित उक्त महोत्सव भदौ ६ देखि १५ गतेसम्म चल्नेछ । कार्यक्रम अवधिभर महोत्सव स्थलमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने कम्पनीकी मार्केटिङ प्रमुख दीपा दुलालले जानकारी दिइन् । उनका अनुसार, दर्शक तथा सहभागीहरूले महोत्सवमा निःशुल्क वाइफाइको आनन्द लिन सक्नेछन् ।
यसका साथै, कम्पनीले आफ्नो स्टलमा ‘लक्की ड्र’ को पनि आयोजना गरेको छ । सहभागी हुन चाहनेले आफ्नो नाम, ठेगाना र सम्पर्क नम्बर स्टलमा टिपाउनुपर्नेछ । लक्की ड्रमार्फत १० दिनसम्म हरेक दिन एक जना भाग्यशाली विजेताले ६ महिनाका लागि २०० एमबिपिएस गतिको इन्टरनेट प्याकेज जित्नेछन् । विजेताले इन्टरनेट जडानका लागि केवल रु. ३,००० शुल्क भने तिर्नुपर्ने दुलालले बताइन् ।
महोत्सवको रौनकता बढाउन गेम जोनको पनि व्यवस्था गरिएको छ, जहाँ सहभागीहरूले विभिन्न पुरस्कार जित्न सक्नेछन् ।
ग्राहकमुखी सेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको पोखरा इन्टरनेटले स्थानीय पर्व र भावनासँग जोडिन यस कार्यक्रममा सहकार्य गरेको जनाएको छ । पोखरामा स्थापित यस कम्पनीले हाल गण्डकी प्रदेशका सबै जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ ।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया