अल्फा एकेडेमीमा भाषाज्ञान प्रतियोगिता

पोखरा । पोखरा २६ कालिकाचोकमा रहेको अल्फा एकेडेमीमा शुक्रबार नेपाली भाषाज्ञान प्रतियोगिता भएको छ । आधारभूत र माध्यमिक गरी दुई तहमा स्पर्धा भएको हो । आधारभूत तहमा हरियो सदनका सृष्टि बराल, आविष्का ढुंगाना र विविशा ढकालको समूहले प्रथम हुँदा माध्यमिक तहतर्फ पहेलो सदनका प्रशंसा शर्मा, किरण शर्मा र दिप्सन ढकालको समूह सर्वाेत्कृष्ट बन्यो ।
आधारभूत तहमा पार्वती पतानी, शकुन्तला लम्साल र शान्ति सोनार र माध्यमिकतर्फ सञ्जीव पौडेल, लक्ष्मी त्रिपाठी र सुशीला रसाइली निर्णायक थिए । विद्यालयले विद्यार्थीको प्रतिभा प्रष्फुटनका लागि विविध कार्यक्रम सम्पन्न गर्दै आएको अतिरिक्त क्रियाकलाप प्रमुख राजु सुनारले बताए । सो अवसरमा विजयी विद्यार्थीलाई पुरस्कार वितरणसमेत गरिएको थियो ।
विद्यालयले यसै शैक्षिक सत्रदेखि ‘पुस्तकविनाको शुक्रबार’ कार्यक्रमअन्तर्गत संगीत, नृत्य, संस्कृत पठन, सुनाइ, बोलाइ, खेलकूद, सिर्जनात्मक लेखन, उद्घोषण कला, चित्रकला, अबाकस लगायतका विविध कार्यक्रम आयोजना गर्दै आएको शैक्षिक प्रमुख सञ्जीव पौडेलले बताए ।






सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया