पार्दी माविमा सिसिटिभी क्यामेरा जडान

पोखरा । लायन्स क्लब अफ इन्फर्मेसन टेक्नोलोजीले पार्दी माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ । आइटी व्यवसायीहरू आबद्ध लायन्स क्लब अफ इन्फर्मेसन टेक्नोलोजीले पोखरा १७ मुस्तांचोकमा रहेको पार्दी माध्यमिक विद्यालयमा जडान गरेको सिसिटिभी क्यामेरा एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरेको हो ।
बिहीबार एक कार्यक्रमका बीच पार्दी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर ढकाल र विद्यालयका प्रधानाध्यापक वामदेव पौडेललाई विद्यालयमा जडान गरिएको सिसिटिभी क्यामेरा हस्तान्तरण गरियो ।
सिसिटिभी क्यामेरा हस्तान्तरण गर्दै लायन अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई नेपालका पूर्वगभर्नर लायन रामबहादुर बसेलले लायन्स क्लब अफ इन्फर्मेसन टेक्नोलोजीले सामाजिक सेवाअन्तर्गत सरकारी विद्यालयमा सिसिटिभी जडान गरी विद्यालयसँगै विद्यालयवरपरको सुरक्षाका लागि महत्वपूर्ण काम गरेको बताए । लायन्स क्लबमा आबद्ध साथीहरू मिलेर संकलित रकमबाट जडान गरिएको सिसिटिभी क्यामेराले विद्यालयको सुरक्षासँगै विद्यालयमा संचालन हुने विभिन्न परीक्षा, निर्वाचनको समयसँगै विद्यालय अगाडिको सडकवरपर हुने कुनै पनि घटनालाई पत्ता लगाउन सहयोग पुग्ने समेत बसेलले बताए ।
लायन्स क्लबले जडान गरेको सिसिटिभी क्यामेराको मर्मत सम्भारका लागि विद्यालय परिवारले ध्यान दिनुपर्नेमा उनको जोड रहेको थियो ।
सो अवसरमा बोल्दै विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर ढकालले आफूहरूले विद्यालयमा सिसिटिभी क्यामेरा जडानका लागि वडा हुँदै महानगर र महानगरको पनि शिक्षा शाखामा अनुरोध गरेको भएता पनि कुनै पनि सुनुवाइ नभइरहेको सन्दर्भमा समाजसेवी सुनिल हिराचनको माध्यमबाट लायन्स क्लब अफ इन्फर्मेसन टेक्नोलोजीको सहयोगमा विद्यालयमा सिसिटिभी क्यामेरा जडान गर्न सफल भएको बताए । सिसिटिभी क्यामेरा मार्फत विद्यालयको सुरक्षा र विद्यालयमा हुने विभिन्न कार्यक्रम र बाहिरी सडकमा हुने कुनै पनि दुर्घटनाको निगरानी गर्न सक्ने उनको भनाइ थियो ।
सो अवसरमा बोल्दै सिसिटिभी जडान कार्यक्रमका संयोजक तथा क्लबका निवर्तमान अध्यक्ष इन्जिनियर दिनेश महर्जनले लायन्स क्लब इन्फर्मेसन टेक्नोलोजीको सहयोगमा १ लाख १३ हजार ७ सयको लागतमा आठवटा सिसिटिभी क्यामेरा जडान गरी विद्यालयलाई हस्तान्तरण गर्न पाउँदा आफूहरू गौरवान्वित भएको बताए ।
त्यस्तै क्लबका अध्यक्ष रावत गोम्जा तामाङले लायन्स क्लब अफ इन्फर्मेसन टेक्नोलोजीले सामाजिक कामअन्तर्गत आफ्नो कार्यकालको पहिलो कार्यक्रमअन्तर्गत पार्दी माविमा सिसिटिभी क्यामेरा जडान गरेको बताए । हाल विद्यालयमा आठवटा फुल कलरको फोरके क्यामेरा मात्र जडान गरिएको भएता पनि उक्त स्थानमा १६ वटासम्म फोरके स्तरको फुल कलरको क्यामेरा जडान गर्न सकिने र त्यसका लागि पनि आफूहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी आफ्नो कार्यकालमा अन्य विद्यालयहरूमा आइटी सामग्री वितरण र सिसिटिभी जडानलाई निरन्तरता दिने तामाङको भनाइ रहेको थियो ।
सो अवसरमा लायन्स डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर टंकराज अधिकारी, एरिया कोअर्डिनेटर निरा कोइराला, रिजन २४ का रिजन चेयरपर्सन हरिहर पराजुली, जोन ५६ का जोन चेयरपर्सन विष्णुप्रसाद तिमिल्सिना, क्लबका संस्थापक अध्यक्ष सनरोज गुरुङ लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सचिव इन्जिनियर राजेश अधिकारीले गरेका थिए ।









माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्समा करण र ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया