गुप्तेश्वर बहुमुखी क्याम्पसमा कार्यशाला

पोखरी ।
शैक्षिक नेतृत्व विकास गर्ने र विद्यालयसँगको सहकार्यलाई मजबुत बनाउने उद्देश्यले पोखरास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसले ‘शिक्षा क्षेत्रको भविष्यको लागि गतिशील नेतृत्व’ शीर्षकमा कार्यशाला गोष्ठी आयोजना गरेको छ । कास्की र स्याङ्जाका २५ निजी तथा सरकारी विद्यालयका प्रधानाध्यापकसहित ५३ जना शिक्षकको गोष्ठीमा सहभागिता थियो ।
कार्यशालामा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. प्रदिपचन्द्र गौतमले विद्यालयका अवसर, चुनौती, लक्ष्य, उद्देश्य र नेतृत्वमा हुनुपर्ने गुणबारे सहजीकरण गरेका थिए । अर्का सहजकर्ता आदिकवि भानुभक्त क्याम्पसका सह–प्राध्यापक महाप्रसाद हड्खलेले क्याम्पस र विद्यालयबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीले यस क्षेत्रमा उच्च शिक्षालाई सहज र पायक बनाउन समुदायले क्याम्पस स्थापना गरेको बताए । क्याम्पस प्रमुख धर्मराज बरालले शिक्षालाई गुणस्तरीय बनाउन विद्यालयहरूसँग समयअनुसार छलफल र सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए ।
छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराज शर्माले कार्यशालाबाट नेतृत्व विकाससम्बन्धी पर्याप्त ज्ञान मिलेको बताए । पद्युम्न पनेरु माविका प्रधानाध्यापक दिप्तिनारायण शर्माले आफ्नो जीवनकै उत्कृष्ट कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउँदै क्याम्पससँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे । एक्स आर्मी पब्लिक माविका प्रधानाध्यापक मोहनलाल पौडेलले पनि क्याम्पससँग सहकार्य गर्दै जाने धारणा राख्दै कार्यक्रम सफल भएको बताए ।
कार्यक्रममा इ.ओ.सि. संयोजक दुर्गानाथ पौडेलले स्वागत मन्तव्य दिएका थिए भने आइ.क्यू.ए.सी. संयोजक राजकुमार सुवेदीले क्याम्पसका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले गरेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया