इक्यान कास्कीको तीज

समाधान संवाददाता २०८२ भदौ ६ गते १८:०४

पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले बिहीबार पोखरामा तीज उत्सव मनाएको छ । तीज उत्सव कार्यक्रममा बोल्ने वक्ताले शैक्षिक परामर्शको क्षेत्रमा महिला नेतृत्व र सहभागिता वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश प्रेस रजिस्ट्रार विमला भण्डारीले शैक्षिक परामर्शदाताका रुपमा महिला सहभागिता वृद्धि गर्न र संस्थागत नेतृत्वमा पनि महिलालाई पु¥याउन इक्यान कास्कीले भूमिका खेल्नुपर्ने बताइन् ।

इक्यानका केन्द्रीय उपाध्यक्ष भुवनबहादुर क्षत्रीले शैक्षिक परामर्श क्षेत्रमा महिला नेतृत्वमा पुग्नुपर्छ भन्ने विषयमा संस्था गम्भीर रहेको बताए ।

Advertisement

अस्ट्रेलियाको सिड्नी सिटी कलेज अफ म्यानेजमेन्ट एवं अस्ट्रेलियन सिटी इन्टरनेस्नल कलेजकी निर्देशक रञ्जु थापाले महिला शिक्षित हुँदा परिवार नै शिक्षित हुने बताइन् ।

कार्यक्रममा ब्रिलियन्ट एजुकेसनकी निर्देशक कल्पना बस्नेत, एजेन्ट कनेक्टकी निर्देशक तारा गुरुङ, सञ्चारकर्मी एवं व्यवसायी सविता ढकाल, न्याप्सकी मार्केटिङ म्यानेजर गीता राजवहाक लगायतले तीजलाई महिला स्वतन्त्रताको पर्वको रुपमा मनाउनुपर्ने उल्लेख गरे ।

Advertisement

इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रैले महिला सशक्तीकरण र पर्वलाई जोड्ने उद्देश्यले तीज मनाउने कार्यक्रम गरिएको बताए । इक्यान कास्कीले भदौ २० र २१ गते पोखरामा आठौं इक्यान शैक्षिक मेला आयोजना गर्न गइरहेको जानकारी उनले दिए ।
संस्थाका उपाध्यक्ष सन्तोष शाहीले सहभागीलाई स्वागत गर्दै तीजको शुभकामना दिए ।

संस्थाका सचिव सुरेन्द्र बरालले सञ्चालन गरेको कार्यक्रममा तीज कार्यक्रममा संयोजक डम्बरबहादुर जिसीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा कलाकार माया गुरुङ, रामजी पौडेल, विकास नेपाली, प्रशान्त तामाङ लगायतले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया